• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, साउन २०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

ताला खुलेसँगै काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय परिषद्ले सञ्चालन गर्ने

युक्रेनमा रूसी आक्रमण १५ जनाको मृत्यु, दर्जनौँ घाइते

नेपाल–कोरियाबीच सम्पर्क विस्तारमा परराष्ट्रमन्त्रीको जोड

विपद्का घटनामा दुई जनाको मृत्यु, एक बेपत्ता

कृषिको आधुनिकीकरणमा मुख्यमन्त्रीको जोड

सौराहाको मध्यवर्ती क्षेत्रमा नयाँ जङ्गली हात्ती

तेल्हा पोखरीमा डुबेर भारतीय दर्शनार्थीको मृत्यु

केन्द्रीय बैंक ८५ अर्बको तीनमहिने निक्षेप सङ्कलन गर्दै

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- मान-सम्मान, मकर- इच्छाशक्ति बढ्ने

  • २. राशिफल : मेष- धनलाभ, सिंह- आतिथ्य सम्मान

  • ३. राशिफल : वृष- विजय, सिंह- प्रतिस्पर्धीले सताउने

  • ४. राशिफल : मिथुन- हौसला, कन्या- पराक्रम बढ्ने

  • ५. राशिफल : कर्कट- ख्याति पाइने, मीन- मित्रताको बन्धन

  • ६. राशिफल : मिथुन- मनग्य फाइदा, तुला- रचनात्मक काम

  • ७. राशिफल : वृष- पुनर्मिलन, सिंह- व्यापारमा प्रगति

  • ८. नेपाल युवा उद्यमी मञ्च कैलालीको नेतृत्व आयुष हमाललाई, नयाँ कार्यसमिति सर्वसम्मत चयन

  • ९. झटारो : भाइरल बडका भलमन्सा !

  • १०. इडाहोको रेस्टुरेन्टमा गोली चल्दा तीन जनाको मृत्यु, सात घाइते

विश्‍व घटना : अन्तरिक्षमा जन्मिए मुसा


    Avatar photo
शुक्रबार, जेठ ०८, २०८३ मा प्रकाशित

काठमाडौं- आज २२ मे। विश्‍व इतिहासका असंख्य घटनाले देश, क्षेत्र र स्थान विशेषमा आजको दिनको सम्झना ताजा गराउँछन्। प्रस्तुत छ, तीमध्ये केही प्रमुख घटनाको सारसंक्षेप।

Advertisement

– सन् १८४९- एक मात्र आविष्‍कारक अमेरिकी राष्‍ट्रपति

अब्राहम लिंकन अमेरिकी राष्‍ट्रपति मात्र होइनन्। उनको नाममा आविष्‍कार पनि जोडिएको छ। राष्‍ट्रपति बन्‍नुअघि नै उनलाई डुंगा उठाउने उपकरण आविष्‍कार गरेवापत त्यसको प्याटेन्ट प्रदान गरिएको थियो। त्यसयताका कुनै राष्‍ट्रपति आफ्नै आविष्‍कारका कारण चिनिएका छैनन्।

– सन् १९०६- राइट ब्रदर्सलाई फ्लाइङ मेसिनको प्याटेन्ट

आधुनिक जहाजका आविष्‍कारक राइट ब्रदर्सलाई आजकै दिन फ्लाइङ मेसिनको प्याटेन्ट प्रदान गरिएको थियो।

– सन् १९६०- चिली भूकम्पमा गयो ६ हजारको ज्यान

सन् १९६० मा दक्षिण अमेरिकी मुलुक चिलीमा गएको भूकम्पमा परी ६ हजार जनाले ज्यान गुमाएका थिए। ९.५ रेक्टर स्केलको आधुनिक संसारमा गएका ठूला भूकम्पमध्ये एक हो।

– सन् २०१०- एयर इन्डिया विमान दुर्घटनामा गयो १५८ को ज्यान

सन् २०१० मा आजकै दिन भारतको मंगलोर अन्तर्राष्‍ट्रीय विमानस्थलमा एयर इन्डियाको बोइङ-७३७ विमान दुर्घटनामा परेको थियो। घटनामा १५८ जना मारिएका थिए। एयर इन्डिया एक्सप्रेसको उडान नम्बर ८१२ को विमान मंगलोरमा अवतरण क्रममा ओभरसुट गर्नुपरेको थियो। तर, विमानले आवश्यकताअनुसार उचाइ लिन सकेन र भीरमा पुगेर ठोक्कियो।

– सन् २०११- समुद्री तुफानमा गयो १६० को ज्यान

सन् २०११ मा आजकै दिन अमेरिकाको इतिहासमै शक्तिशाली समुद्री तुफान आएको थियो। उक्त तुफानले मिसौरी राज्यमा १६० जनाको ज्यान लिएको थियो।

– सन् २०१२- विश्‍वको दोस्रो अग्लो टावर सर्वसाधारणलाई खुला

जापानमा निर्मित विश्‍वको दोस्रो अग्लो टावर सन् २०१२ मा आजकै दिन सर्वसाधारणका लागि खुला गरिएको थियो। उक्त टावर जापानको राजधानी टोकियोमा अवस्थित छ। ६४३ मिटर अग्लो यो टावर दुबईको बुर्ज खलिफापछि दोस्रो अग्लो संरचना हो। रेडियो र टेलिभिजनको सिग्‍नल व्यापक बनाउन यो टावर निर्माण गरिएको हो।

– सन् २०१७- अन्तरिक्षमा जन्मिए मुसा

जापानका वैज्ञानिकहरूले आजकै दिन अन्तर्राष्‍ट्रीय स्पेस स्टेसन (आईएसएस)मा मुसाहरूलाई जन्म दिन सफलता पाएका थिए। आईएसएसमा पुर्‍याइएको फ्रिज-ड्राई शुक्राणुमार्फत उक्त सफलता प्राप्त भएको थियो। जापानको यामानासी विश्‍वविद्यालयका वैज्ञानिकहरूले उक्त अभ्यास गरेका थिए।

– सन् २०२०- पाकिस्तानी विमान दुर्घटनामा १०१ को मृत्यु

सन् २०२० मा आजकै दिन पाकिस्तान इन्टरनेसनल एयरलाइन्सको विमान दुर्घटनामा १०१ जनाले ज्यान गुमाएका थिए। एयरबस-३२० विमान कराँचीको जिन्‍ना अन्तर्राष्‍ट्रीय विमानस्थलको धावनमार्ग नजिकै दुर्घटनामा परेको थियो। उक्त इलाका अत्यधिक भीडभाडयुक्त छ। घटनामा २ जना बाँच्‍न सफल भएका थिए।

– सन् २०२३- अमेरिकामा पानी बचाउने सम्झौता

सन् २०२३ मा आजकै दिन अमेरिकाका ३ वटा राज्यले पानी बचाउनेसम्बन्धी एक सम्झौता गरेका थिए। कोलोराडो नदीको पानीको प्रयोग कटौती गर्ने उक्त सम्झौताको उद्देश्य सन् २०२६ सम्ममा ३० लाख एकड-फिट पानी बचाउनु थियो। सम्झौतामा क्यालिफोर्निया, एरिजोना र नेभाडा राज्यका अधिकारीहरू सहभागी थिए।

– सन् २०२४- ३ युरोपेली देशले दिए प्यालिस्टिनलाई मान्यता

सन् २०२४ मा आजकै दिन युरोपेली मुलुकहरू आयरल्यान्ड, नर्वे र स्पेनले प्यालिस्टिनलाई स्वतन्त्र राष्‍ट्रको मान्यता दिएका थिए। अन्य ९ वटा युरोपेली मुलुकले पनि उनीहरूलाई साथ दिएका थिए।

 

शुक्रबार, जेठ ०८, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ
ताला खुलेसँगै काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय परिषद्ले सञ्चालन गर्ने
युक्रेनमा रूसी आक्रमण १५ जनाको मृत्यु, दर्जनौँ घाइते
नेपाल–कोरियाबीच सम्पर्क विस्तारमा परराष्ट्रमन्त्रीको जोड
विपद्का घटनामा दुई जनाको मृत्यु, एक बेपत्ता
कृषिको आधुनिकीकरणमा मुख्यमन्त्रीको जोड

भर्खरै

  • १.
    लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

  • २.
    ताला खुलेसँगै काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय परिषद्ले सञ्चालन गर्ने

  • ३.
    युक्रेनमा रूसी आक्रमण १५ जनाको मृत्यु, दर्जनौँ घाइते

  • ४.
    नेपाल–कोरियाबीच सम्पर्क विस्तारमा परराष्ट्रमन्त्रीको जोड

  • ५.
    विपद्का घटनामा दुई जनाको मृत्यु, एक बेपत्ता

  • ६.
    कृषिको आधुनिकीकरणमा मुख्यमन्त्रीको जोड

  • ७.
    सौराहाको मध्यवर्ती क्षेत्रमा नयाँ जङ्गली हात्ती

  • ८.
    तेल्हा पोखरीमा डुबेर भारतीय दर्शनार्थीको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.