• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, साउन २०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

नेपाल–कोरियाबीच सम्पर्क विस्तारमा परराष्ट्रमन्त्रीको जोड

विपद्का घटनामा दुई जनाको मृत्यु, एक बेपत्ता

कृषिको आधुनिकीकरणमा मुख्यमन्त्रीको जोड

सौराहाको मध्यवर्ती क्षेत्रमा नयाँ जङ्गली हात्ती

तेल्हा पोखरीमा डुबेर भारतीय दर्शनार्थीको मृत्यु

केन्द्रीय बैंक ८५ अर्बको तीनमहिने निक्षेप सङ्कलन गर्दै

फुएगो विस्फोटपछि ग्वाटेमालामा उच्च सतर्कता

भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

सुनको मूल्य तोलामा चार हजार २०० ले बढ्यो

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- मान-सम्मान, मकर- इच्छाशक्ति बढ्ने

  • २. राशिफल : मेष- धनलाभ, सिंह- आतिथ्य सम्मान

  • ३. राशिफल : वृष- विजय, सिंह- प्रतिस्पर्धीले सताउने

  • ४. राशिफल : मिथुन- हौसला, कन्या- पराक्रम बढ्ने

  • ५. राशिफल : कर्कट- ख्याति पाइने, मीन- मित्रताको बन्धन

  • ६. राशिफल : मिथुन- मनग्य फाइदा, तुला- रचनात्मक काम

  • ७. राशिफल : वृष- पुनर्मिलन, सिंह- व्यापारमा प्रगति

  • ८. नेपाल युवा उद्यमी मञ्च कैलालीको नेतृत्व आयुष हमाललाई, नयाँ कार्यसमिति सर्वसम्मत चयन

  • ९. झटारो : भाइरल बडका भलमन्सा !

  • १०. इडाहोको रेस्टुरेन्टमा गोली चल्दा तीन जनाको मृत्यु, सात घाइते

कृषिको आधुनिकीकरणमा मुख्यमन्त्रीको जोड


    Avatar photo
बुधबार, साउन २०, २०८३ मा प्रकाशित

सुदूरपश्चिम- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कृषि क्षेत्रको आधुनिकीकरण, उत्पादन वृद्धि र लागतअनुसार प्रतिफल पाउने अवस्था बनाउनु प्रदेश सरकारको प्रमुख प्राथमिकता भएको बताउनुभएको छ ।

Advertisement

कैलालीको लम्कीचुहा नगरपालिका–४ कौवापुरस्थित किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले निर्माण गरेको बीउ प्रशोधन तथा भण्डारण गृहको आज उद्घाटन गर्दै उहाँले कृषि उद्यमशीलता प्रवर्द्धनका लागि प्रदेश सरकारले नीतिगत सुधारसँगै किसान र कृषि उद्यमीलाई प्रोत्साहन गर्ने विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो ।

मुख्यमन्त्री शाहले सुदूरपश्चिमका अधिकांश नागरिकको जीविकोपार्जनको आधार कृषि भए पनि निर्वाहमुखी खेती प्रणालीका कारण अपेक्षित प्रतिफल प्राप्त हुन नसकेको बताउनुभयो ।

उहाँले उत्पादनसँगै प्रशोधन, भण्डारण र बजारीकरणको सुदृढ व्यवस्थाबाट मात्रै कृषिलाई सम्मानजनक र आम्दानीमुखी पेसाका रूपमा विकास गर्न सकिने धारणा राख्नुभयो ।

प्रदेश सरकारको लागत साझेदारीमा निर्माण गरिएको बीउ प्रशोधन तथा भण्डारण गृहका लागि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गतको कृषि विकास निर्देशनालयले मेसिन उपकरणमा रु १७ लाख १५ हजार र भवन निर्माण रु २५ लाख अनुदान उपलब्ध भएको छ ।

कुल रु एक करोड ४२ लाखको परियोजनामा अन्य रकम सहकारी संस्थाले आफ्नो स्रोतबाट लगानी गरेको महाप्रबन्धक डम्बरबहादुर शाहले जानकारी दिनुभयो । नवनिर्मित भण्डारण गृह सञ्चालनमा आएपछि स्थानीय किसानले उत्पादन गरेका बीउको प्रशोधन, गुणस्तर संरक्षण र सुरक्षित भण्डारणमा सहजता हुने अपेक्षा गरिएको छ ।

बीउको गुणस्तर कायम राख्दै बजार व्यवस्थापनमा सहयोग पुग्ने र किसानको आम्दानी वृद्धि गर्नसमेत टेवा पुग्ने विश्वास गरिएको महाप्रबन्धक शाहले बताउनुभयो ।

भण्डारण गृहमा धान, मकै, तोरीलगायत बालीको बीउ संरक्षण गरी किसानको उत्पादन वृद्धिमा प्रयोग गर्ने लक्ष्य छ । हाल लम्किचुहा, बर्दगोरिया, जानकी, भजनीलगायत यहाँका स्थानीय तहमा १५० जना किसानसँगको समन्वयमा १४० बिघामा धानखेती गरिएको छ । किसानको उत्पादन वृद्धि, मूल्य र बजारको सुनिश्चिततामा योगदान पुग्ने विश्वास गरिएको छ ।

बुधबार, साउन २०, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नेपाल–कोरियाबीच सम्पर्क विस्तारमा परराष्ट्रमन्त्रीको जोड
विपद्का घटनामा दुई जनाको मृत्यु, एक बेपत्ता
सौराहाको मध्यवर्ती क्षेत्रमा नयाँ जङ्गली हात्ती
तेल्हा पोखरीमा डुबेर भारतीय दर्शनार्थीको मृत्यु
केन्द्रीय बैंक ८५ अर्बको तीनमहिने निक्षेप सङ्कलन गर्दै
फुएगो विस्फोटपछि ग्वाटेमालामा उच्च सतर्कता

भर्खरै

  • १.
    नेपाल–कोरियाबीच सम्पर्क विस्तारमा परराष्ट्रमन्त्रीको जोड

  • २.
    विपद्का घटनामा दुई जनाको मृत्यु, एक बेपत्ता

  • ३.
    कृषिको आधुनिकीकरणमा मुख्यमन्त्रीको जोड

  • ४.
    सौराहाको मध्यवर्ती क्षेत्रमा नयाँ जङ्गली हात्ती

  • ५.
    तेल्हा पोखरीमा डुबेर भारतीय दर्शनार्थीको मृत्यु

  • ६.
    केन्द्रीय बैंक ८५ अर्बको तीनमहिने निक्षेप सङ्कलन गर्दै

  • ७.
    फुएगो विस्फोटपछि ग्वाटेमालामा उच्च सतर्कता

  • ८.
    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.