• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन २२, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

मनसुनको प्रभाव कायम, बाढीपहिरोको जोखिमबाट सतर्क रहन आग्रह

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : ५ अफ्रिकी मुलुकमा मंकिपक्सको प्रकोप

राशिफल : कर्कट- जमिनबाट लाभ, मीन- यात्रा

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

क्यारोलिनामा अन्धाधुन्ध गोली चल्दा केही व्यक्तिको मृत्यु, केही घाइते

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

इजरायली कब्जा बलद्वारा वेस्ट बैङ्कका विभिन्न क्षेत्रबाट ११ जना प्यालेस्टिनी पक्राउ

फिलिपिन्समा पहिरोमा परी चार जनाको मृत्यु

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- व्यवसाय विस्तार, मकर- नयाँ कार्ययोजना

  • २. राशिफल : मेष- धनलाभ, सिंह- आतिथ्य सम्मान

  • ३. राशिफल : वृष- विजय, सिंह- प्रतिस्पर्धीले सताउने

  • ४. राशिफल : वृष- पुनर्मिलन, सिंह- व्यापारमा प्रगति

  • ५. राशिफल : कर्कट- ख्याति पाइने, मीन- मित्रताको बन्धन

  • ६. राशिफल : मिथुन- मनग्य फाइदा, तुला- रचनात्मक काम

  • ७. नेपाल युवा उद्यमी मञ्च कैलालीको नेतृत्व आयुष हमाललाई, नयाँ कार्यसमिति सर्वसम्मत चयन

  • ८. राशिफल : कर्कट- जमिनबाट लाभ, मीन- यात्रा

  • ९. झटारो : भाइरल बडका भलमन्सा !

  • १०. इडाहोको रेस्टुरेन्टमा गोली चल्दा तीन जनाको मृत्यु, सात घाइते

सी–पुटिन सम्बन्धमा जोड


    Avatar photo
बुधबार, जेठ ०६, २०८३ मा प्रकाशित

बेइजिङ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमण सकिएको केही दिनमै चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बेइजिङमा भेटवार्ता गर्दै चीन–रुस सम्बन्धलाई ‘अडिग’ र ‘रणनीतिक रूपमा बलियो’ भएको बताउनुभएको छ । विश्व राजनीति तीव्र ध्रुवीकरणतर्फ गइरहेका बेला दुई नेताले आफ्नो साझेदारीलाई अझ गहिरो बनाउने सङ्केत दिनुभएको हो ।

Advertisement

गत साता चीन भ्रमणमा पुगेका ट्रम्पलाई बेइजिङले भव्य स्वागत गरेको थियो । तर हर्मुज जलघाँटी पुनः सञ्चालनमा सहयोग गर्ने विषयदेखि अन्य महत्त्वपूर्ण आर्थिक तथा सुरक्षा मुद्दामा ठोस उपलब्धि ननिस्किएपछि त्यस भ्रमणलाई मिश्रित परिणामका रूपमा हेरिएको थियो । त्यसको ठीकपछि भएको पुटिनको चीन भ्रमणलाई भने दुवै देशबीच व्यावहारिक सहकार्य विस्तार गर्ने प्रयासका रूपमा विश्लेषण गरिएको छ ।

विशेषगरी युक्रेन युद्धका कारण पश्चिमी प्रतिबन्धको चापमा परेको रुस अहिले ऊर्जा निर्यातका लागि चीनमाथि अझ बढी निर्भर बन्दै गएको छ । पश्चिमी देशहरूले लगाएको प्रतिबन्धले रुसको ऊर्जा आम्दानीमा असर पारेपछि मस्कोले बेइजिङसँगको सम्बन्धलाई आफ्नो आर्थिक र रणनीतिक सुरक्षा दुवैका लागि महत्त्वपूर्ण ठानेको देखिन्छ ।

यसैबीच, इरानविरुद्ध जारी अमेरिका–इजरायल युद्धका कारण मध्यपूर्वबाट तेल र ग्यास आपूर्तिमा अवरोध उत्पन्न भएपछि रुसले आफूलाई वैकल्पिक ऊर्जा आपूर्तिकर्ताका रूपमा प्रस्तुत गर्ने अवसर खोजिरहेको छ । विश्लेषकहरूका अनुसार पुटिनले यस भ्रमणका क्रममा मङ्गोलियामार्फत चीनसम्म ल्याइने प्रस्तावित ‘पावर अफ साइबेरिया–२’ प्राकृतिक ग्यास पाइपलाइन परियोजनालाई अघि बढाउन दबाब दिन सक्ने सम्भावना छ । यो परियोजनालाई मध्यपूर्वबाट समुद्री मार्ग हुँदै आउने ऊर्जाको स्थलीय विकल्पका रूपमा हेरिएको छ ।

बेइजिङस्थित विशाल ग्रेट हल अफ द पिपुलमा भएको वार्ताको उद्घाटन सत्रमा दुवै नेताले ‘मैत्रीपूर्ण सहयोग’ सम्बन्धी सन्धि विस्तार गर्ने घोषणा गर्दै दुई देशबीचको सम्बन्धलाई विशेष महत्त्व दिनुभएको थियो । चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार सीले पुटिनसँग ‘राजनीतिक आपसी विश्वास र रणनीतिक समन्वयलाई निरन्तर गहिरो बनाइएको’ बताउनुभएको थियो ।

उता रुसी सञ्चारमाध्यमले सार्वजनिक गरेको दृश्यअनुसार पुटिनले पनि ‘प्रतिकूल बाह्य परिस्थितिहरू’ का बाबजुद चीन–रुस सम्बन्ध ‘अभूतपूर्व उच्च स्तरमा पुगेको’ उल्लेख गर्नुभएको थियो । उहाँले कुनै देशको नाम नलिए पनि यो टिप्पणी अमेरिकातर्फ सङ्केत गरिएको रूपमा हेरिएको छ ।

सीले वार्ताका क्रममा ‘एकपक्षीय र प्रभुत्ववादी प्रवृत्ति अनियन्त्रित रूपमा फैलिरहेको’ चेतावनी दिँदै अप्रत्यक्ष रूपमा अमेरिकाको आलोचना गर्नुभएको थियो । पछिल्ला महिनाहरूमा ट्रम्प नेतृत्वको अमेरिकाको अनिश्चित नीतिका कारण धेरै मुलुक चीनसँग नजिकिन थालेको विश्लेषण भइरहेका बेला बेइजिङले विश्व नेताहरूको शृङ्खलाबद्ध स्वागतलाई तीव्रता दिएको छ ।

सन् २०२२ मा रुसले युक्रेनमाथि आक्रमण सुरु गरेपछि चीन–रुस सम्बन्ध अझ निकट बनेको छ । पश्चिमी देशहरूसँगको दूरी बढेसँगै पुटिनले हरेक वर्ष चीन भ्रमण गर्दै आउनुभएको छ । यही सन्दर्भमा वासिङ्टनस्थित ब्रुकिङ्स संस्थाकी विश्लेषक प्याट्रिसिया किमले सी–पुटिन सम्बन्धलाई ‘प्रदर्शनात्मक आश्वासनको आवश्यकता नपर्ने सम्बन्ध’ को रूपमा व्याख्या गर्नुभएको छ । उहाँका अनुसार ट्रम्पको भ्रमणभन्दा पुटिनको भ्रमण कम आकर्षक देखिए पनि त्यसको रणनीतिक महत्त्व बढी छ ।

सीले सेप्टेम्बर २०२५ मा पुटिनलाई ‘पुरानो मित्र’ भन्दै आत्मीय स्वागत गर्नुभएको थियो । विश्लेषकहरूका अनुसार चीन र रुस दुवैले आफ्नो सम्बन्धलाई चीन–अमेरिका सम्बन्धभन्दा ‘संरचनात्मक रूपमा स्थिर र बलियो’ ठानिरहेका छन् ।

बेइजिङले युक्रेन युद्ध अन्त्यका लागि वार्ताको समर्थन गर्दै आएको छ । तर आफूलाई तटस्थ पक्षका रूपमा प्रस्तुत गरे पनि चीनले रुसको सैन्य कारबाहीको खुला आलोचना गरेको छैन । अर्कोतर्फ, युद्धका लागि आवश्यक आर्थिक आधार कायम राख्न रुस चीनसँगको व्यापार र ऊर्जा कारोबारमा अत्यधिक निर्भर रहेको देखिन्छ । एसिया समाजका लाइल मोरिसका अनुसार पुटिन चीनको समर्थन गुमाउन चाहनुहुन्न ।

यद्यपि मध्यपूर्व युद्धको विषयमा चीन र रुसका प्राथमिकतामा केही भिन्नता देखिएको छ । हर्मुज जलघाँटी बन्द भएपछि तेलको मूल्य आकासिएसँगै रुसले त्यसबाट आर्थिक लाभ लिन खोजिरहेको विश्लेषण गरिएको छ । रुसी विदेशमन्त्री सर्गेइ लाभरोभले अप्रिलमा सीसँग भेटपछि मध्यपूर्व सङ्कटका कारण विश्व ऊर्जा आपूर्ति प्रभावित भए रुसले चीनको ऊर्जा अभाव पूर्ति गर्न सक्ने बताउनुभएको थियो ।

तर चीन भने मध्यपूर्वको युद्ध चाँडो अन्त्य होस् भन्ने पक्षमा देखिएको छ । पुटिनसँगको वार्तामा सीले मध्यपूर्वमा थप शत्रुता ‘अस्वीकार्य’ भएको बताउँदै ‘व्यापक युद्धविराम अत्यन्त जरुरी’ रहेकोमा जोड दिनुभएको थियो ।

सिङ्गापुरस्थित नानयाङ प्राविधिक विश्वविद्यालयका जेम्स चारका अनुसार चीन आफ्नो आर्थिक गतिविधि कायम राख्न विश्वका प्रमुख समुद्री मार्गहरूको निर्बाध सञ्चालनमा निर्भर छ । त्यसैले हर्मुज जलघाँटीमा देखिएको तनाव सकेसम्म छिटो अन्त्य होस् भन्ने चाहना बेइजिङको रहेको उहाँले बताउनुभयो ।

बुधबार, जेठ ०६, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मनसुनको प्रभाव कायम, बाढीपहिरोको जोखिमबाट सतर्क रहन आग्रह
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : ५ अफ्रिकी मुलुकमा मंकिपक्सको प्रकोप
राशिफल : कर्कट- जमिनबाट लाभ, मीन- यात्रा
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ
क्यारोलिनामा अन्धाधुन्ध गोली चल्दा केही व्यक्तिको मृत्यु, केही घाइते

भर्खरै

  • १.
    मनसुनको प्रभाव कायम, बाढीपहिरोको जोखिमबाट सतर्क रहन आग्रह

  • २.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • ३.
    विश्‍व घटना : ५ अफ्रिकी मुलुकमा मंकिपक्सको प्रकोप

  • ४.
    राशिफल : कर्कट- जमिनबाट लाभ, मीन- यात्रा

  • ५.
    वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

  • ६.
    क्यारोलिनामा अन्धाधुन्ध गोली चल्दा केही व्यक्तिको मृत्यु, केही घाइते

  • ७.
    नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

  • ८.
    इजरायली कब्जा बलद्वारा वेस्ट बैङ्कका विभिन्न क्षेत्रबाट ११ जना प्यालेस्टिनी पक्राउ

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.