काठमाडौँ । आज सुनको मूल्य वृद्धि भएको छ । आज सुन तोलामा एक हजार रुपैयाँले वृद्धि भएको हो ।
Advertisement
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार अघिल्लो दिनको तुलनामा हजार रुपैयाँले वृद्धि भएको हो । आज छापावाला सुन प्रतितोला ९७ हजार ३०० रुपैयाँ पुगेको छ ।
यस्तै, तेजाबी सुनको पनि तोलामा एक हजार रुपैयाँले बढ्दै ७६ हजार ८०० रुपैयाँमा कारोबार भएको छ ।
चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ । आज चाँदी तोलामा एक हजार २७० रुपैयाँमा कारोबार भएको छ ।