पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको गृहनगर गोरखा पालुङटारमा माओवादी केन्द्रले मेयर र उपमेयर दुवै जितेको छ।
Advertisement
जसपाले पालुङटारमा एमालेसँग गठबन्धन गरेको थियो । र, कांग्रेसले आफ्नै उम्मेदवार उठाएको थियो।
तर, दुवैलाई उछिन्दै माओवादी केन्द्रका विवश चिन्तन ६०७२ मतका साथ मेयरमा विजयी भए। उनका निकटतम प्रतिस्पर्धी जसपाका प्रेमबहादुर गुरुङले पाँच हजार ७१७ मत ल्याए।
उपमेयरमा माओवादी केन्द्रकी वन्दना पाण्डे निर्वाचित भइन्। उनले पाँच हजार ५७९ मत ल्याइन्। उनकी निकटतम प्रतिस्पर्धी कांग्रेसकी चेतकुमारी श्रेष्ठले पाँच हजार ७७ मत पाइन्।