काठमाडौँ । रूकुम पश्चिमको चौरजहारी नगरपालिकाको मेयर र उपमेयर नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।
Advertisement
माओवादीका उम्मेदवार पुष्प वादीले ६ हजार ८८२ मत ल्याउँदै मेयर जितेका हुन् । उनले कांग्रेसका उम्मेदवार प्रेमबहादुर वलीलाई पराजित गरेका हुन् । वलीले ६ हजार ३११ मत ल्याए ।
यस्तै, उपमेयरमा पनि माओवादीले जितेको छ । माओवादी उम्मेदवार ईश्वरीकुमारी शर्माले ७ हजार २ मत ल्याइन् । उनले नेकपा एमालेका उम्मेदवार टंकप्रसाद ओली पराजित गरेकी हुन् । ओलीले ५ हजार ७४४ मत ल्याए ।