• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, भदौ २४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

सडक दुर्घटनामा दुईको मृत्यु

काभ्रेका बाढीपीडितको समस्या सरकारी अल्झनमै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ६. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ७. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

रूपन्देहीमा खाना पकाउने ग्यासको कृत्रिम अभाव, बजारमा आधा सिलिन्डर वितरण सुरु, उपभोक्तामा असन्तुष्टि


    Avatar photo
बिहिबार, चैत ०५, २०८२ मा प्रकाशित

रूपन्देही । यतिबेला रूपन्देहीसहित देशका विभिन्न क्षेत्रमा खाना पकाउने एलपी ग्यासको अभाव भएको गुनासो बढ्दै गएको छ। तर सम्बन्धित निकायले भने ग्यास आपूर्तिमा कुनै वास्तविक कमी नभई बजारमा कृत्रिम अभाव सिर्जना भएको स्पष्ट पारेका छन्।

Advertisement

ग्यास अभावको हल्ला फैलिएसँगै उपभोक्ताहरूले आवश्यकताभन्दा बढी सिलिन्डर घरमै थन्क्याएर राख्न थालेपछि बजारमा असहज अवस्था देखिएको बताइएको छ। यसले नियमित आपूर्ति हुँदाहुँदै पनि वितरण प्रणालीमा समस्या सिर्जना गरेको सम्बन्धित अधिकारीहरूको भनाइ छ।

नेपालमा भारत हुँदै तेस्रो मुलुकबाट आयात हुने एलपी ग्यासको आपूर्ति सामान्य अवस्थामै रहेको नेपाल आयल निगमले जनाएको छ। निगमका अनुसार पछिल्लो समय माघ र फागुन महिनामा अपेक्षाकृत धेरै ग्यास बुलेट नेपाल भित्रिएको छ। तथापि बजारमा देखिएको असन्तुलनले कृत्रिम अभावको अवस्था निम्त्याएको छ।

उपभोक्ताले ग्यास सहज रूपमा पाउन सकून् भन्ने उद्देश्यले हाल बजारमा आधा सिलिन्डर वितरणको व्यवस्था लागू गरिएको छ। यसले सीमित ग्यासलाई बढी उपभोक्तासम्म पुर्‍याउन सहयोग गर्ने विश्वास निगमको छ।

ग्यास व्यवसायी मधु प्रसाद उपाध्यायले बजारमा वास्तविक अभाव नभएको दाबी गर्दै उपभोक्ताको व्यवहारले समस्या बढाएको बताए। उनका अनुसार धेरै उपभोक्ताले अनावश्यक रूपमा एकभन्दा बढी सिलिन्डर घरमा राख्दा बजारमा ग्यासको उपलब्धता घटेजस्तो देखिएको हो। खाना पकाउनै नपुग्ने अवस्था नभएको भन्दै उनले आवश्यक परे नजिकको डिलरबाट आधा सिलिन्डर लिएर व्यवस्थापन गर्न सकिने बताए।

यद्यपि, आधा सिलिन्डर वितरण प्रणालीप्रति उपभोक्ताहरू सन्तुष्ट छैनन्। ठूलो परिवार भएका घरधुरीका लागि आधा सिलिन्डर पर्याप्त नहुने गुनासो गरिएको छ। बारम्बार ग्यास लिन जानुपर्दा समय र यातायात खर्च बढ्ने समस्या पनि देखिएको छ।

उपभोक्ताहरूको अनुभव अनुसार पूर्ण सिलिन्डर र आधा सिलिन्डर ल्याउँदा लाग्ने यातायात खर्च प्रायः समान हुने हुँदा यसले थप आर्थिक भार सिर्जना गरेको छ। उनीहरूले पूर्ण सिलिन्डर नै सहज रूपमा उपलब्ध गराउन सम्बन्धित निकायसँग माग गरेका छन्।

रूपन्देही ग्यास विक्रेता सङ्घका उपाध्यक्ष राम मिलन यादवले पनि बजारमा वास्तविक अभाव नभएको दोहोर्‍याउँदै हल्लाका कारण माग अस्वाभाविक रूपमा बढेको बताए। एकैपटक धेरै उपभोक्ताले ग्यास माग गर्दा वितरणमा असन्तुलन आएको उनको भनाइ छ। उनले यस्तो अवस्था नियन्त्रण गर्न केही समयका लागि नयाँ सिलिन्डर वितरणमा रोक लगाइएको जानकारी दिए।

यसैबीच, रूपन्देहीको रोहिणी गाउँपालिका–१, सेमरपानीमा ठूलो परिमाणमा ग्यास सिलिन्डर भण्डारण गरिएको घटना सार्वजनिक भएपछि विषयले थप चर्चा पाएको छ। गत बुधबार ६४ वटा ग्यास सिलिन्डर शंकास्पद अवस्थामा फेला परेपछि सम्बन्धित निकायले तत्काल हस्तक्षेप गरेको थियो।

जिल्ला प्रहरी कार्यालय रूपन्देही र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय भैरहवाको संयुक्त अनुगमन टोलीले छापा मारेर ती सिलिन्डर नियन्त्रणमा लिएको हो। स्थानीय एक व्यक्तिको घरमा ठूलो संख्यामा सिलिन्डर राखिएको सूचना पाएपछि गरिएको निरीक्षणका क्रममा विभिन्न कम्पनीका सिलिन्डरहरू अस्वाभाविक रूपमा भण्डारण गरिएको भेटिएको थियो।

प्रारम्भिक अनुसन्धानमा ती सिलिन्डर वैध रूपमा भण्डारण गरिएको हो वा अवैध रूपमा संकलन गरिएको भन्ने विषय अझै खुल्न बाँकी रहेको छ। सम्बन्धित व्यक्तिसँग आवश्यक कागजात माग गरी थप अनुसन्धान प्रक्रिया अघि बढाइएको जनाइएको छ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयले शंकास्पद रूपमा भण्डारण गरिएका सिलिन्डरहरू बजारमा बिक्री हुन नदिन तत्काल रोक लगाएको छ। साथै कृत्रिम अभाव सिर्जना गर्ने, अवैध भण्डारण गर्ने वा मूल्यवृद्धि गर्ने कार्यप्रति कडा कारबाही गरिने चेतावनी समेत दिएको छ।

सम्बन्धित निकायहरूले उपभोक्तालाई अनावश्यक रूपमा ग्यास सञ्चय नगर्न, संयमता अपनाउन तथा आवश्यकताअनुसार मात्रै प्रयोग गर्न आग्रह गरेका छन्। उनीहरूले बजारमा सहज आपूर्ति कायम राख्न सबै पक्षको सहकार्य आवश्यक रहेको पनि बताएका छन्।

बिहिबार, चैत ०५, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम
बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने
थाई विद्यालयमा शिक्षिकाको हत्या
परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट
वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण
भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

भर्खरै

  • १.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • २.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ३.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ४.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ५.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

  • ६.
    भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

  • ७.
    सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

  • ८.
    सडक दुर्घटनामा दुईको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.