भैरहवा । रूपन्देहीको भैरहवामा सेरा ब्रान्डका स्यानिटरी सामग्रीहरू औपचारिक रूपमा सार्वजनिक गरिएको छ। बिहीबार लुम्बिनी रोडमा आयोजित कार्यक्रममा धारा (ट्याप), कमोड, वास बेसिन, सावर, बाथटब, युरिनल, मिक्सर, लगायत घर तथा व्यावसायिक प्रयोजनका विभिन्न स्यानिटरी सामग्रीहरू सार्वजनिक गरिएको हो। कार्यक्रममा निर्माण व्यवसायी, प्राविधिक, स्थानीय व्यापारी तथा सरोकारवालाको उल्लेख्य उपस्थिति रहेको थियो।
नेपाली बजारमा सेरा ब्रान्ड भित्र्याउने काम चैतन्य इन्जिनियरिङ एण्ड ट्रेड प्रालिले गरेको हो। कम्पनीका प्रतिनिधिहरूका अनुसार पछिल्लो समय नेपालमा आधुनिक, टिकाउ र गुणस्तरीय स्यानिटरी सामग्रीको माग तीव्र रूपमा बढ्दै गएको सन्दर्भमा अन्तर्राष्ट्रिय स्तरका उत्पादन उपलब्ध गराउने उद्देश्यले यो ब्रान्ड ल्याइएको हो।
कार्यक्रममा बोल्दै शेरा सेनेटवेयर लिमिटेडका अध्यक्ष सन्दिप अब्ह्राम ले सेरा ब्रान्डले उपभोक्ताको आवश्यकता र सुविधा केन्द्रमा राखेर उत्पादन गर्दै आएको बताए। उनका अनुसार सेरा ब्रान्ड अन्तर्गत उपलब्ध सामग्रीहरू गुणस्तरीय मात्र नभई आधुनिक डिजाइन, दीर्घकालीन प्रयोग र पानी बचत प्रविधिलाई समेत ध्यानमा राखेर तयार गरिएको छ।
भैरहवाका आधिकारिक विक्रेता सुसान्त आचार्य ले स्थानीय बजारमा गुणस्तरीय स्यानिटरी सामग्रीको अभाव महसुस भइरहेका बेला सेरा ब्रान्डले नयाँ विकल्प दिने विश्वास व्यक्त गरे। उनले उचित मूल्यमा टिकाउ, आकर्षक र प्राविधिक रूपमा उन्नत सामग्री उपलब्ध गराउने लक्ष्य रहेको बताए। साथै, बिक्रीपछिको सेवालाई पनि प्रभावकारी बनाइने जानकारी दिए।
कार्यक्रममा सहभागी अन्य व्यवसायीहरूले पनि सेरा ब्रान्डका सामग्रीले नेपाली बजारमा स्वस्थ प्रतिस्पर्धा सिर्जना गर्ने धारणा राखे। गुणस्तर, सेवा र विश्वसनीयतामा केन्द्रित रहे उपभोक्ताको विश्वास जित्न सहज हुने उनीहरूको भनाइ थियो।
सेरा ब्रान्डका सामग्रीहरू भारतमा उत्पादन हुने गर्छन् र हाल नेपालसहित लण्डन, दुबई, श्रीलंका लगायत करिब ४० देशमा बिक्री वितरण हुँदै आएका छन्। अन्तर्राष्ट्रिय बजारमा स्थापित ब्रान्ड भएकाले नेपालमा पनि यसको माग बढ्ने अपेक्षा गरिएको छ।
चैतन्य इन्जिनियरिङ एण्ड ट्रेड प्रालिले आगामी दिनमा सेरा ब्रान्डका उत्पादनहरू देशका अन्य प्रमुख शहरहरूमा पनि विस्तार गर्ने योजना बनाएको जनाएको छ। कम्पनीले गुणस्तर, विश्वास र ग्राहक सन्तुष्टिलाई केन्द्रमा राखेर सेवा विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
स्थानीय बजारमा अन्तर्राष्ट्रिय स्तरका स्यानिटरी सामग्रीको प्रवेशले निर्माण क्षेत्रमा नयाँ विकल्प थपिएको व्यवसायीहरूको भनाइ छ। यसले उपभोक्तालाई गुणस्तरीय सामग्री छनोट गर्ने अवसर प्रदान गर्नुका साथै बजारमा स्वस्थ प्रतिस्पर्धा बढाउने अपेक्षा गरिएको छ।