बडका भलमन्सा भन्दै थिए-
मत गन्ने काम हुँदैछ है
होसियार रहनु
मत च्यात्ने काम नगर्नु
मत लुकाउने काम नगर्नु
मत चबाउने काम त झन् नगर्नु !
Advertisement
न त बुवा छन् जोगाउने
न त बा छन् ढाकछोप गर्ने
न त दाइ छन् छाति थाप्ने !
यो त जनताको मत हो
चपाउने चुइंगम होइन
लुकाउने थैली होइन
बेच्ने माल पनि होइन !
यो त जनताको नासो हो
धाँधलीले छोप्न खोजे पनि
एक दिन खुल्छ नै भतिज !
त्यसैले
मत गन्ने हात सफा राख
नत्र इतिहासले
औंला मात्र होइन
पूरै हात समातेर
जवाफ माग्ने छ !