काठमाडौं- केही छिटफुट घटनाबाहेक नयाँ प्रतिनिधि सभाका लागि देशभर उत्साहपूर्वक मतदान भइरहेको छ।
Advertisement
विवादका बीच दोलखामा हवाई फायर गरिएको छ। उदयपुरमा सुरक्षाकर्मीले बोकेको बन्दुकबाट अचानक गोली चलेको छ। र, सर्लाहीमा सामान्य झडपपछि मतदान भइरहेको छ। त्यसबाहेक देशभरको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
मतदान शुरु भएको पहिलो दुई घण्टामा साढे ८ लाख मत खसेको निर्वाचन आयोगले जनाएको छ।
प्रधानमन्त्री सुशीला कार्कीलगायत प्रमुख दलका नेताहरूले आ–आफ्नो मतदाता नामावली रहेका मत केन्द्रमा गएर मतदान गरेका छन्।