काठमाडौँ । काठमाडौँ महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले आफ्नो मतान्तर थप बलियो बनाउँदै लगेका छन् । उनले अहिलेसम्म १० हजार ८९९ मत पाएका छन् ।
Advertisement
यस्तै, दोस्रो स्थानमा एमालेका उम्मेदवार केशव स्थापितले पाँच हजार ८४१ मत पाएका छन् । तेस्रो स्थानमा नेपाली कांग्रेसकी सिर्जना सिंहले पाँच हजार ११४ मत पाएकी छन् ।
हाल वडा नम्बर ३, ४, ५, ६, ३१ र ३२ को मत गणना भइरहेको छ । वडा नम्बर १ र २ को मत गणना सकिसकेको छ । दुवै वडामा बालेनले नै धेरै मत पाएका थिए ।