• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
सोमबार, साउन ११, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा

नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

पोखरामा अमेरिकी नागरिकको मृत्यु

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • ३. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ६. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ९. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

विश्‍व घटना : सूर्यभन्दा ५० खर्ब गुणा चम्किलो तारा फेला


    Avatar photo
बिहिबार, फागुन ०७, २०८२ मा प्रकाशित

काठमाडौं- आज १९ फेब्रुअरी। विश्‍व इतिहासका विभिन्‍न घटनाले आजको दिन स्मरण गराउँछन्। प्रस्तुत छ, विश्‍वव्यापी चर्चा बटुलेका केही प्रमुख घटनाको सारसंक्षेप।

Advertisement

– सन् १८७८- थोमस अल्बा एडिसनको नाममा फोनोग्राफको प्याटेन्ट

अमेरिकी आविष्‍कारक थोमस अल्वा एडिसनलाई १४८ वर्षअघि आजकै दिन फोनोग्राफको प्याटेन्ट प्रदान गरिएको थियो। यो रेकर्ड गरिएको आवाजलाई पुनः उत्पन्‍न गर्न सक्ने पहिलो मेसिन थियो।

– सन् १९४५- जापानको इवो जिमामा अमेरिकी सेना

सन् १९४५ मा आजकै दिन अमेरिकी सेना जापानको इवो जिमा टापुमा अवतरित भएको थियो। उक्त टापुमा अमेरिकी झण्डा फहराइँदै गरेको फोटो दोस्रो विश्‍वयुद्धको सबैभन्दा प्रसिद्ध तस्बिरमध्ये एक थियो।

– सन् १९८५- आइबेरिया एयरलाइन्सको विमान दुर्घटनामा १४८ को मृत्यु

स्पेनको राष्‍ट्रीय ध्वजावाहक आइबेरिया एयरलाइन्सको विमान सन् १९८५ मा आजकै दिन दुर्घटनामा परेको थियो। बोइङ ७२७-२०० विमान मड्रिडबाट बिल्बाओ विमानस्थलतर्फ जाँदै थियो। विमानस्थलमा अवतरण क्रममा विमानको पखेटा माउन्ट ओइजस्थित एक टेलिभिजन टावरमा ठोक्किएको थियो। विमानमा सवार सबै १४८ जनाको दुःखद् मृत्यु भयो। तीमध्ये १४१ यात्री र चालक दलका ७ सदस्य थिए।

– सन् १९८६- ‘मिर’ अन्तरिक्ष स्टेसन प्रक्षेपण

सन् १९८६ मा आजकै दिन सोभियत संघले अन्तरिक्ष स्टेसन ‘मिर’ प्रक्षेपण गरेको थियो। उक्त सोभियत यान संसारको पहिलो मोड्युलर अन्तरिक्ष स्टेसन थियो, जुन १५ वर्षसम्म पृथ्वीको कक्षमा रह्यो।

– सन् २००८- फिडेल क्यास्ट्रोले छाडे क्युबाको राष्‍ट्रपति

सन् २००८ मा आजकै दिन फिडेल क्यास्ट्रोले क्युबाको राष्‍ट्रपति पद छाडेका थिए। ४९ वर्षसम्म निरन्तर क्युबाको सत्तामा रहेका उनले ८१ वर्षको उमेरमा सक्रिय राजनीतिबाट संन्यास लिएका थिए। २५ नोभेम्बर २०१६ मा ९० वर्षको उमेरमा उनको निधन भयो।

– सन् २०२३- टर्की र सिरिया भूकम्पमा गयो ५६ हजारको ज्यान

टर्की र सिरियामा अत्यधिक क्षति गरेको भूकम्पको उद्धार कार्य आजकै दिन अन्त्य भएको थियो। दुई साताअघि गएको भूकम्पमा परी टर्की र सिरियामा गरी कम्तिमा ५६ हजारको ज्यान गएको थियो।

– सन् २०२४- सूर्यभन्दा ५० खर्ब गुणा चम्किलो तारा फेला

सन् २०२४ मा आजकै दिन ब्रह्माण्डकै चम्किलो तारा फेला परेको घोषणा वैज्ञानिकहरूले गरेका थिए। क्वासर नाम दिइएको उक्त तारा हाम्रो सूर्यभन्दा ५० खर्ब गुणा चम्किलो छ। उक्त तारालाई सुपरम्यासिभ ब्ल्याक होलाबाट ऊर्जा प्राप्त हुन्छ। र, दैनिक हाम्रो सूर्यका जत्रा वस्तुलाई निल्छ। यो वस्तु पृथ्वीबाट अर्बौं प्रकाश वर्ष टाढा छ।

– सन् २०२४- हाइटीका राष्‍ट्रपतिका हत्यारा उनकै पत्‍नी र प्रधानमन्त्री

सन् २०२१ मा गोली हानी हत्या गरिएका हाइटीका राष्‍ट्रपति जोभेनेल मोइसेको हत्या अनुसन्धानमा सन् २०२४ मा अनौठो मोड आएको थियो। प्रहरीको गम्भीर अनुसन्धानबाट जोभेनेलको हत्या उनकै पत्‍नी, एक पूर्व प्रधानमन्त्री र प्रहरीका प्रमुखले मिलेर गरेको खुलासा भएको थियो।

– सन् २०२५- ‘एसएस युनाइटेड स्टेट्स’को अन्तिम यात्रा

सन् २०२५ मा आजकै दिन अमेरिकी पानीजहाज ‘एसएस युनाइटेड स्टेट्स’ पेन्सिलभेनियाको फिलाडेल्फिया आफ्नो अन्तिम यात्रामा निस्केको थियो। त्यसअघि उक्त पानीजहाजले एटलान्टिक महासागर सबैभन्दा तीव्र गतिमा पार गर्ने रेकर्ड राखेको थियो। र, संसारको सबैभन्दा ठूलो आर्टिफिसियल चट्टान बनाउने उद्देश्यले उक्त जहाजलाई समुद्रमा डुबाइएको थियो।

बिहिबार, फागुन ०७, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?
लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ
फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन
बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै
भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा
नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

भर्खरै

  • १.
    मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • २.
    लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

  • ३.
    फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन

  • ४.
    बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

  • ५.
    भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा

  • ६.
    नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

  • ७.
    त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

  • ८.
    संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.