जाजरकोट । जिल्लाको नलगाड नगरपालिका प्रमुखमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । माओवादीका डम्बरबहादुर रावत निर्वाचित हुँदा नेकपा एमालेका उम्मेदवार धर्मबहादुर शाही पराजित भएका छन् ।
Advertisement
रावत एक हजार ९७३ मतान्तरले विजयी भएका हुन् । उनले पाँच हजार ५९९ मत प्राप्त गगर्दा एमालेका शाहीले तीन हजार ६२६ मत पाएका थिए ।
यस्तै, उपप्रमुखमा नेपाली कांग्रेसकी सुरिता सिंह पाँच हजार ४०६ मतसहित विजयी भएकी छन् । उनले एमालेकी सुनिता बोहरालाई दुई हजार १३ मतान्तरले पछि पार्दै विजयी भएकी हुन् ।
एमालेकी बोहराले जम्मा तीन हजार ३९३ मत प्राप्त गरेकी छन् ।