काठमाडौँ । काठमाडौँ महानगरको मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहले १० हजार मत कटाएका छन् । उनले अहिलेसम्म १०२४१ मत पाएका हुन् ।
Advertisement
यस्तै, दोस्रो स्थानमा रहेका नेकपा एमालेका केशव स्थापितले पाँच हजार ४५३ मत पाएका छन् । तेस्रो स्थानमा नेपाली कांग्रेसकी सिर्जना सिंहले चार हजार ७४२ मत पाएकी छन् ।
अहिले वडा नम्बर ३, ४, ५, ६, ३१ र ३२ को मत गणना भइरहेको छ ।