बडका भलमन्सालाई पनि
चुनावका बेला
देश दौडाहा गर्ने मन लाग्यो, र
ठग्गालाई भने
भतिज एउटा गाडीको व्यवस्था गर
बतासे चुनाव प्रचार गर्न
Advertisement
ठग्गाले नामी काठ तस्कर
रामभुकनलाई भन्यो गाडी पठाउन
गाडी आयो !
साँडेपानीबाहेक केही नबुझेका
काका भतिज हिँडे चुनाव प्रचारमा !
डुले नेपालका पहाड, हिमाल, तराई
घुमीफिरी गाउँ आइपुगे, र
सन्तरामले सोध्यो- बाजे
के बुझ्यौ, के देख्यौ ?
भलमन्साले भन्यो- नाति
कतै खीर खायौं, कतै माछा,
कतै सेकुवा खायौं, कतै ट्वाक लगायौं
कतै भीड देखे फ्लाइङ किस गर्यौं !
ए गज्जबको चुनाव प्रचार भएछ
भनेर हाँस्दै सन्तराम गाउँतिर लाग्यो !