‘मंगोलियन हार्ट’का चर्चित गायक राजु लामाले सगरमाथाको सफल आरोहण गरेका छन्।
Advertisement
सोमबार बिहान ६ बजेर ४० मिनेटमा उनले सर्वोच्च शिखर चुमेका हुन्। उनीसहित २७ आरोही विश्वको सर्वोच्च शिखरमा पुगेको हो।
गायक लामा सम्मिलित आरोहण दलको नेतृत्व मिङ्माजी शेर्पाले गरेका छन्। मिङ्माले भने बिना अक्सिजन आरोहण गरेका छन्।
गायक लामाले शिखर चुम्नुअघि सगरमाथाको क्याम्प–३ मा कन्सर्ट पनि गरेका थिए। क्याम्प–३ को उचाइ ६ हजार ५७४ मिटर छ।