चितवन । जिल्लाको भरतपुर महानगरपालिकामा नेकपा एमालेका विजय सुवेदीले तीन हजार ९४४ मत पाएका छन् ।
Advertisement
सत्ता गठबन्धनकी रेनु दाहालले तीन हजार ८९४ मतका साथ पछ्याइरहेकी छन् । उनी सुवेदीभन्दा ५० मतले पछाडि रहेकी छन् ।
यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले एक हजार ५७२ मत पाएका छन् ।
यस्तै, महानगरको वडा नम्बर ३ मा एमालेका विकास थापा विजयी भएका छन् । उनले कांग्रेसका उम्मेदवार भरत लामिछानेलाई पराजित गरेका हुन् ।