काठमाडौँ । नेकपा एमालेको विजय जुलुसमा दुर्घटना हुँदा तीन जनाको घटना स्थलमा नै मृत्यु भएको छ । जुलुसमा प्रयोग भएको गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो ।
Advertisement
दार्चुलाको शैल्यशिखर नगरपालिका ६ ग्यानीमा बिहान साढे ९ बजे माइक्रो बस दुर्घटना भएको हो । से १ ज २७७ नम्बरको माइक्रो सडकबाट ५ मिटर तल पल्टिँदा ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
मृत्यु हुनेमा चालक प्रकाश धामी र सहचालक नविन सिंह धामीको सनाखत भएको छ ।