काठमाडौँ । भरतपुर महानगरको मेयरमा सत्ता गठबन्धन र नेकपा एमालेबीच प्रतिस्पर्धा भइरहेको छ । महानगरको मेयरका लागि ११ हजार २०७ मत गणनामा एमालेका विजय सुवेदीले तीन हजार ८९९ मत पाएका छन् ।
Advertisement
यस्तै, गठबन्धनको उम्मेदवार बनेकी नेकपा माओवादी केन्द्रकी रेनु दाहाल तीन हजार ८५६ मतसहित दोस्रो स्थानमा रहेकी छन् । यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले एक हजार ५४८ मत पाएका छन् ।
उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले चार हजार ४३१ मतसहित अगाडि रहेका छन् ।