मकवानपुर । जिल्लाको हेटौँडा उपमहानगरपालिकामा त्रिपक्षीय प्रतिस्पर्धा देखिएको छ । ११ हजार ६७३ गनिसक्दा गठबन्धनका उम्मेदवार मिना लामा तीन हजार ४५६ मतसहित अगाडि रहेकी छन् ।
Advertisement
गठबन्धनका लागि नेकपा एकीकृत समाजवादीबाट उम्मेदवार बनेकी लामाले एक मतले अग्रता कायम राखेकी हुन् । उनलाई राप्रपा उम्मेदवार दीपक बहादुर सिंहले तीन हजार ४५५ मत ल्याउँदै पछ्याइरहेको छ ।
यस्तै, एमालेका उम्मेदवार अनन्त पौडेलले तीन हजार ५३ मत ल्याएर तेस्रो स्थानमा छन् ।
उपमेयरमा गठबन्धनबाट कांग्रेस उम्मेदवार राजेश बानियाँले पाँच हजार १०३ मत ल्याउँदै अग्रता लिएका छन् ।