• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, भदौ २४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

सडक दुर्घटनामा दुईको मृत्यु

काभ्रेका बाढीपीडितको समस्या सरकारी अल्झनमै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ६. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ७. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

भैरहवा सेज : उद्योग आए तर बस्ती धुवाँले ढाक्यो !


    Avatar photo
बुधबार, पुष २३, २०८२ मा प्रकाशित

भैरहवा- रुपन्देहीको भैरहवा विशेष आर्थिक क्षेत्र (सेज) वर्षौंसम्म विकासको पर्खाइमा अल्झिरह्यो। लामो समयसम्म झाडीले ढाकिएको, सामुदायिक वनझैं देखिने यो क्षेत्र अहिले भने उद्योगका चिम्‍नीबाट निस्किने कालो धुवाँका कारण चर्चामा आएको छ।

Advertisement

उद्योग स्थापना हुनु विकासको संकेत मानिए पनि त्यसबाट निस्किएको धुवाँ, दुर्गन्ध र फोहोरले स्थानीय बासिन्दाको दैनिकी भने कष्‍टकर बनाएको छ।

भैरहवा सेज रुपन्देहीको रोहिणी गाउँपालिका-१ भित्र पर्छ। उद्योग क्षेत्र बस्तीको अत्यन्तै नजिक भएकाले यहाँ सञ्‍चालनमा आएका उद्योगबाट निस्कने धुवाँ र गन्धले जनजीवन प्रभावित बन्दै गएको स्थानीयवासीको गुनासो छ।

बिहान सूर्योदयसँगै सेज क्षेत्र आसपासका गाउँमा बाक्लो धुवाँ फैलिन थाल्छ। कतिपय दिन त कालो मुस्लो धुवाँले पूरै बस्ती अँध्यारोजस्तै रहन्छ। विशेषगरी ‘इको नेपाल इनर्जी इन्डस्ट्रिज प्रालि’बाट निस्कने धुवाँको गन्धले गाउँ नै दुर्गन्धित बनेको स्थानीय बासिन्दा बताउँछन्।

स्थानीयवासीका अनुसार घरका झ्यालढोका खुला राख्‍न नसकिने अवस्था छ। बाहिर सुकाउन राखिएका कपडा कालो धुलोले फोहोर हुने गरेका छन्। खुला आँगनमा बस्‍न, बालबालिकालाई खेल्न दिन र ज्येष्‍ठ नागरिकलाई घाम ताप्नसमेत गाह्रो भएको छ। उद्योगबाट निस्कने दुर्गन्ध यति तीव्र हुने गरेको छ कि सास फेर्नसमेत अप्ठ्यारो हुने गरेको स्थानीयवासीको अनुभव छ।

विशेषगरी प्लास्टिकजन्य सामग्री उत्पादन गर्ने उद्योगबाट निस्कने धुवाँले समस्या थप जटिल बनेको स्थानीयवासी बताउँछन्। धुवाँसँगै आउने गन्धका कारण छालामा एलर्जी, डाबर र चिलाउने समस्या बढ्दै गएको छ। आँखाबाट आँसु बग्‍ने, टाउको दुख्‍ने र लामो समयसम्म गन्ध लागिरहने समस्या देखिन थालेको छ। बालबालिका, ज्येष्‍ठ नागरिक, गर्भवती र दीर्घरोगीहरू यसबाट बढी प्रभावित भएका छन्।

रोहिणी-१ का बासिन्दा बिहान उठ्नेबित्तिकै धुवाँले आकाश ढाक्ने गरेको बताउँछन्। घरभित्र बसे पनि गन्ध छिर्ने, खाना खान मन नलाग्‍ने, राति सुत्‍न गाह्रो हुने तथा स्वास्थ्यमा प्रत्यक्ष असर देखिन थालेको उनीहरूको भनाइ छ।

खेतबारीमा काम गर्न जाँदा आँखा पोल्ने, घाँटी खसखसाउने र सास फेर्न समस्या हुने गरेको अनुभव उनीहरूको छ।

कुनै पनि उद्योग सञ्‍चालन गर्नुअघि वातावरणीय प्रभाव अध्ययन अनिवार्य हुनुपर्ने स्थानीय नियाज वारिस बताउँछन्। उद्योगका कारण स्थानीयवासीको स्वास्थ्यमा प्रतिकूल असर परेको उनको भनाइ छ।

समस्याबारे उद्योगमा पटक-पटक खबरदारी गर्दा पनि बेवास्ता गरिएको रोहिणी-१ का वडा सदस्य महोम्मद खान बताउँछन्।

स्थानीय खुसिद अहमद अन्सारीका अनुसार उद्योगनजिकै विद्यालय छ। र, त्यसको प्रत्यक्ष असर त्यहाँ अध्ययनरत बालबालिकामा परेको छ।

उक्त उद्योगले रोजगारी सिर्जना गर्ने अपेक्षाले स्थानीय बासिन्दा खुशी थिए। तर, अहिले त्यही उद्योगका कारण उनीहरूले रोजगारी नभई रोग प्राप्त गरेका छन्। स्थानीय सहजुद्दिन खानका अनुसार कतिपय बासिन्दाले घरजग्गा बेचेर अन्यत्र सर्ने सोच बनाइसकेका छन्। तर, सबैसँग विकल्प नभएकाले बाध्य भएर धुवाँकै बीच बस्‍नुपरेको छ।

सेज क्षेत्रमा उद्योग स्थापना अघि दुई-दुई पटक मन्त्रीस्तरीय उद्घाटन कार्यक्रम भए। विकास, रोजगारी र समृद्धिका ठूला सपना देखाइए। तर, उद्घाटनपछि लामो समयसम्म कुनै गतिविधि देखिएन। सेज क्षेत्र झाडीले ढाकियो र संरचनाहरू अलपत्र परे। अहिले उद्योग सञ्‍चालनमा आए पनि त्यसको प्रत्यक्ष असर स्थानीय बस्तीले भोग्‍नुपरेको छ।

रोहिणी-१ का वडाध्यक्ष आविद अली पठान उद्योग स्थापना विकासको हिस्सा भए पनि जनस्वास्थ्य र वातावरणलाई बेवास्ता गर्न नहुने बताउँछन्। उद्योग बस्ती नजिक भएकाले धुवाँ, गन्ध र फोहोरको उचित व्यवस्थापन अनिवार्य हुनुपर्ने उनको भनाइ छ।

स्थानीय तहमा पटक-पटक गुनासो आए पनि सम्बन्धित निकायबाट प्रभावकारी अनुगमन हुन नसकेको वडाध्यक्ष पठान बताउँछन्। सेज केन्द्र सरकारको मातहत रहेकाले स्थानीय तहको अधिकार सीमित रहेको उनको भनाइ छ।

स्थानीय जलालुद्दिन खानका अनुसार धुवाँ गाउँघरमा आउँदा झ्यालढोका बन्द गरेर मात्र बस्‍नुपर्ने अवस्था छ। अन्यथा बस्‍नसमेत समस्या हुने गरेको उनी बताउँछन्।

पर्यावरणविद्हरू पनि विशेष आर्थिक क्षेत्रजस्ता ठूला परियोजनामा उद्योग स्थापना गर्दा वातावरणीय प्रभाव मूल्यांकन कडाइका साथ कार्यान्वयन हुनुपर्ने बताउँछन्। उद्योग सञ्‍चालनअघि र पछि नियमित अनुगमन नगरे दीर्घकालीन स्वास्थ्य संकट निम्तिन सक्ने उनीहरूको चेतावनी छ। धुवाँ फिल्टर, फोहोर प्रशोधन प्रणाली र वातावरणमैत्री प्रविधि प्रयोग नगरे विकास दिगो नहुने उनीहरूको निष्‍कर्ष छ।

‘वातावरण बचाऔं आन्दोलन’का संयोजक नारायणप्रसाद सापकोटा प्लास्टिकजन्य वस्तु जलाएर निस्कने धुवाँले मानव स्वास्थ्यमा गम्भीर संकट ल्याउने बताउँछन्। र, त्यसको निगरानी स्थानीय, प्रदेश र संघीय सरकारले गर्नुपर्ने सुझाउँछन्।

स्थानीयवासीको गुनासो सुन्दा सेज क्षेत्र आसपासका गाउँहरू विस्तारै बस्‍नै नसकिने अवस्थामा पुग्‍ने चिन्ता देखिन्छ। समयमै समस्या समाधान नभए यहाँबाट मानिस विस्थापित हुने जोखिम बढ्दै जाने उनीहरूको भनाइ छ। विकासको नाममा बस्ती नै उजाडिनु स्वीकार्य नहुने उनीहरूको माग छ।

विशेष आर्थिक क्षेत्र देशको औद्योगिक विकासका लागि महत्त्वपूर्ण परियोजना हो। उद्योग स्थापना, उत्पादन वृद्धि र रोजगारी सिर्जना आवश्यक छ। तर, यस्तो विकास मानव स्वास्थ्य, वातावरण र स्थानीय बस्तीको अस्तित्वको मूल्यमा हुनु हुँदैन। उद्योग र बस्तीबीच सन्तुलन कायम गर्दै वातावरणमैत्री प्रविधिको प्रयोग अहिलेको अपरिहार्य आवश्यकता बनेको छ।

विकासको उज्यालो खोज्दै उद्योग त आए। तर, त्यसबाट निस्किएको धुवाँले रोहिणी-१ का बस्ती अँध्यारो बनाइरहेको छ। प्रश्‍न उठ्छ- यो विकास कसको लागि र कस्तो विकास ? समयमै ध्यान नदिइए सेज क्षेत्रको धुवाँले केवल आकाश मात्र होइन, यहाँका बासिन्दाको भविष्‍यसमेत ढाक्ने खतरा बढ्दै बढेको छ।

बुधबार, पुष २३, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम
बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने
थाई विद्यालयमा शिक्षिकाको हत्या
परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट
वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण
भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

भर्खरै

  • १.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • २.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ३.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ४.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ५.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

  • ६.
    भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

  • ७.
    सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

  • ८.
    सडक दुर्घटनामा दुईको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.