• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
सोमबार, साउन ११, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा

नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

पोखरामा अमेरिकी नागरिकको मृत्यु

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • ३. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ४. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ९. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

सौर्य एयरलाइन्सको उडान अनुमति १६ महिनादेखि अड्काएको अड्कायै


    Avatar photo
बिहिबार, पुष १७, २०८२ मा प्रकाशित

काठमाडौं– बम्बार्डियर जेट जहाजहरू मार्फत हवाई सेवा दिँदै आएको सौर्य एयरलाइन्सले उडान भर्न नपाएको १६ महिना बित्यो। तर, अझै नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले उडान अनुमति दिएको छैन।

Advertisement

उक्त एयरलाइन्सको ‘९एन-एएमई’ कलसाइनको ‘सीआरजे-७’ बम्बार्डियर जहाज ९ साउन ०८१ मा काठमाडौंमा दुर्घटना भएको थियो। काठमाडौंबाट पोखराका लागि उडेको उक्त जहाज त्रिभुवन विमानस्थलको धावनमार्ग नजिक पूर्वतर्फ दुर्घटनाग्रस्त भएको थियो।

घटनामा १८ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने क्याप्टेन मनिष शाक्य गम्भीर घाइते भएका थिए। मृतकमध्ये १७ जना नेपाली र एक यमनका नागरिक थिए।

२ भदौ २०७१ मा ‘९एन-एएलई’ कलसाइनको पहिलो जहाज भित्र्याएर सोही वर्ष १ मंसिरदेखि नियमित उडान थालेको हो, सौर्य एयरलाइन्सले। त्यसपछि मार्च २०१७ मा एयरलाइन्सले ‘९एन-एएमई’ जहाज थपेको थियो। सोही जहाज ९ साउन ०८१ मा दुर्घटनामा परेको थियो।

काठमाडौंलाई मुख्य हब बनाएर एयरलाइन्सले भद्रपुर, विराटनगर, धनगढी, नेपालगञ्‍ज, पोखरा र भैरहवामा उडान भर्दै आएको थियो। तर, पछिल्लोपटक ल्याएको जहाज नै दुर्घटनामा परेपछि कम्पनीले आफ्नो उडान बन्द गर्‍यो।

कम्पनीका अध्यक्ष दीपक पोखरेलका अनुसार सबै विभागले सौर्य एयरलाइन्सका कार्यसम्पादन उत्कृष्‍ट भएको रिपोर्ट दिएका छन्। यस्तै, सेफ्टी अडिटमा कम्तिमा ६० प्रतिशत ल्याउनुपर्नेमा ६५.६७ प्रतिशत ल्याएको छ।

यसैगरी, दुर्घटना जाँचबुझ आयोगले दिएको सेफ्टी रिकोमेन्डेसनका २३ वटा मापदण्ड नै पूरा गरिसकेको छ। ‘उडान रोक्नुपर्ने कुनै कारण छैन,’ एयरलाइन्सका वरिष्‍ठ अधिकारी उमेश आचार्य भन्छन्।

दुर्घटनाका मृतक १८ मध्ये ९ जनाको परिवारले बीमा रकम र क्षतिपूर्ति प्राप्त गरिसकेका छन्। बाँकी ९ जनाको परिवार बढी क्षतिपूर्ति माग गरेकाले कानूनी उपचारमा जान उनीहरूलाई कम्पनीले सहयोग गरिरहेको सौर्य एयरलाइन्सले जनाएको छ।

एयरलाइन्सले दुर्घटनामा मृत्यु भएका आफ्ना कर्मचारीका परिवारलाई कम्पनीमा काम गरेको अवधिका आधारमा क्षतिपूर्ति रकम उपलब्ध गराएको छ। त्यस आधारमा लामो समय काम गरेका कर्मचारीका परिवारले १८ लाखदेखि २० लाख रुपैयाँसम्म पनि भुक्तानी पाएका छन्। र, दुर्घटनापछि उडान बन्द रहँदा पनि सौर्यले आफ्ना कर्मचारीलाई तलब भुक्तानी गरिरहेकै छ।

त्यसका बावजुद पनि नागरिक उड्डयन प्राधिकरणबाट उडान अनुमति नपाएको कम्पनीका अध्यक्ष पोखरेल बताउँछन्। हालै हेलिपोर्ट निर्माणमा भ्रष्‍टाचार गरेको अभियोगमा निलम्बित क्यानका महानिर्देशक प्रदीप अधिकारीले एयरलाइन्सका कर्मचारी र पदाधिकारीहरूसँग तत्काल उडान अनुमति दिने बताउने गरेका थिए। उनीहरू क्यानबाट बाहिर निस्किनासाथ कर्मचारीहरूलाई बोलाएर फाइल अगाडि नबढाउन निर्देशन दिने गरेका थिए। उनी निलम्बित भएपछि हाल देवचन्द्रलाल कर्ण क्यानका निमित्त महानिर्देशक छन्। उनले पनि उडान अनुमति दिन आनाकानी गरिरहेको अध्यक्ष पोखरेल बताउँछन्।

यसअघि जहाज दुर्घटनामा परेका एयरलाइन्सहरूको उडान रोकिएको छैन। तर, सौर्य एयरलाइन्सको उडान रोक्नुको कारण पनि क्यानले दिएको छैन।

बिहिबार, पुष १७, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?
लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ
फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन
बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै
भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा
नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

भर्खरै

  • १.
    मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • २.
    लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

  • ३.
    फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन

  • ४.
    बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

  • ५.
    भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा

  • ६.
    नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

  • ७.
    त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

  • ८.
    संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.