• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, भदौ २४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

सडक दुर्घटनामा दुईको मृत्यु

काभ्रेका बाढीपीडितको समस्या सरकारी अल्झनमै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ६. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ७. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

जब खानेपानी ट्यांकी नै बन्यो घाँडो …


    Avatar photo
मङ्गलबार, पुष ०८, २०८२ मा प्रकाशित

भैरहवा- हामीले बेला-बेला देशका विभिन्‍न ठाउँमा खानेपानीको चरम अभाव, धाराहरू सुक्नु, घण्टौं लाइन बस्दा पनि पानी नपाएको पीडादायी समाचार सुन्दै आएका छौं। पानी अभाव भएका ठाउँमा राज्यले ठूलो धनराशी खर्च गरेर भए पनि पानी पुर्‍याउनुपर्छ, नागरिकले स्वच्छ पिउने पानी पाउने अधिकार सुनिश्‍चित हुनुपर्छ भन्‍ने मान्यता छ। तर, रुपन्देहीको मायादेवी गाउँपालिका-८ बसडिलवामा भने खानेपानीको अवस्था अलि फरक छ। यहाँ पानीको हाहाकार छैन, उल्टै करोडौं खर्चिएको खानेपानी आयोजना नै स्थानीय बासिन्दाका लागि घाँडो बनेको छ।

Advertisement

बसडिलवाको बस्ती तुलनात्मक रूपमा पातलो छ। अधिकांश घरमा निजी बोरिङ जडान गरिएको छ, जसका कारण खानेपानीको समस्या छैन। स्थानीयवासीले दैनिक उपभोगका लागि पानी किन्‍नुपर्ने वा धारामा लाइन बस्‍नुपर्ने अवस्था छैन। यति हुँदाहुँदै पनि करिब १० वर्षअघि राज्यको ठूलो रकम खर्चेर मानव बस्तीको छेउमै खानेपानी ट्यांकी निर्माण गर्ने योजना अघि बढाइयो। योजना शुरु हुँदा स्थानीयवासीमा घर-घरमा धारा पुग्‍ने, स्वच्छ पिउने पानी सहजै पाइने आशा पलाएको थियो।

आर्थिक वर्ष ०६७-६८ मा दुई वर्षभित्र निर्माण सम्पन्‍न गर्ने लक्ष्यसहित ४ करोड ८३ लाख ४८ हजार रुपैयाँ लागतमा उक्त आयोजना शुरु गरिएको थियो। सम्झौताअनुसार कुल लागतको २० प्रतिशत रकम जनश्रमदानमार्फत जुटाउने भनिएपछि स्थानीय उपभोक्ताले करिब १ करोड १ लाख ४६ हजार रुपैयाँ बराबरको श्रम र सहयोग जुटाउने प्रतिबद्धता जनाए। स्वच्छ पिउने पानीको सपना बोकेर स्थानीयवासी दिनरात खटिए, घर-घरमा पाइप बिछ्याउने कामसमेत सम्पन्‍न गरियो।

२०७३ सालसम्म आइपुग्दा आयोजनाले कुल ९ हजार ३ सय ५ मिटर पाइपलाइन विस्तार गरिसकेको थियो। ट्यांकी निर्माण सम्पन्‍न हुने र पानी वितरण शुरु हुने अपेक्षा बढ्दै गयो। तर, समय बित्दै जाँदा आशा निराशामा बदलिन थाल्यो। ट्यांकी निर्माण अधुरै रह्यो, पानी कहिल्यै ट्यांकीमा भरिएन।

२०७४ सालपछि स्थानीय सरकार आएपछि सो क्षेत्रमा सडक विस्तार शुरु भयो। सडक विस्तारका क्रममा पहिल्यै बिछ्याइएका खानेपानीका पाइपलाइन क्षतिग्रस्त भए। त्यसको क्षति कसले बेहोर्ने भन्‍ने विषय अन्योलमै रह्यो। अहिले फेरि केन्द्रीय बजेटबाट १० मिटर फराकिलो सडक विस्तार गर्ने योजना अघि बढेको छ। यो सडक विस्तार कार्यान्वयन हुँदा खानेपानी आयोजनाको पाइपलाइनमा क्षति पुगेको छ।

योजनाको अर्को विवादास्पद पक्ष भनेको ट्यांकी निर्माण गरिएको स्थान हो। ट्यांकी पछाडि सार्वजनिक जग्गा हुँदाहुँदै पनि बाटोलाई नै च्यापेर, स्थानीयवासीका घरको एकदमै नजिक निर्माण गरिएको छ। सामान्यतया खानेपानी ट्यांकी मानव बस्तीभन्दा केही टाढा, खुला र सुरक्षित स्थानमा निर्माण गरिनुपर्ने मान्यता छ। तर, यहाँ ठीक उल्टो गरिएको स्थानीय बासिन्दाको गुनासो छ। ट्यांकीकै कारण अहिले सडक विस्तार हुँदा स्थानीयवासीको व्यक्तिगत जग्गा गएको छ। जसले गर्दा खानेपानी आयोजना स्थानीयवासीका लागि सुविधा होइन, समस्या बनेको छ।

स्थानीयवासीहरू यस विषयमा खुलेर आक्रोश पोख्‍न थालेका छन्।

स्थानीय बासिन्दालाई पानीको समस्या थिएन। बोरिङबाटै चलिरहेको थियो। तर, सरकारले जबर्जस्ती जस्तो गरेर यहाँ ट्यांकी बनायो। अहिले न पानी आयो, न शान्ति। सडक विस्तार हुँदा व्यक्तिगत जग्गा गयो। स्थानीय टीकाराम अधिकारीले सार्वजनिक जग्गा हुँदाहुँदै घरअघि नै ट्यांकी निर्माण भएको उल्लेख गर्दै यसको कुनै औचित्य नरहेको बताए।  उनले बारम्बार पाइपलाइन विस्तार गर्ने कार्यले घरको आँगन बारम्बार तोडफोड गर्नुपरेको बताए।

मायादेवी बौद्धिक समाजका अध्यक्ष ताराप्रसाद जैशीले यो ट्यांकी निर्माण शुरु नहुँदै यहाँ बन्‍नु हुन्‍न भनेर कुरा उठाउँदा सम्बन्धित व्यक्तिबाट हामीले जहाँ चाहन्छौं त्यही बन्छ भन्‍ने जवाफ पाएको बताए।

अहिले बाटो विस्तार भइरहँदा ट्यांकीका कारण स्थानीयवासीको व्यक्तिगत सम्पतीमा क्षति पुगीरहेको जैशीले बताए। यस्तै, स्थानीय ओमप्रकाश सुनारले यो ट्यांकी केवल मागिखाने भाँडो बनेको बताए। मुख्यतया यो ट्यांकीका कारण स्थानीयवासीलाई ट्यांकी फुटेमा आसपासका घरमा क्षति पुग्‍ने त्रास मात्र रहेको उनले बताए।

यस्तै, स्थानीय मात्रिका बन्जाडेले यो ट्यांकी अपायक ठाउँमा बनाइएको बताए। ट्यांकी बनेको धेरै समय भयो तर.सञ्चालनमा छैन। २ दिन पाइप बिच्छ्याउने अनि काम फेरि बन्द गर्ने काम मात्र भएको स्थानीय रामबहादुर जीसीले बताए।

१० वर्ष बित्दा पनि ट्यांकीमा पानीको थोपा छैन। यो सरासर लापरवाही हो। करोडौं खर्च भएर पनि परिणाम नआउनु राज्यको असफलता भएको स्थानीय बासिन्दा बताउँछन्।  ट्यांकी रंगरोगन गरेर सजाइएको छ, तर कामको छैन। यस्तो विकास देख्दा दुःख लाग्छ।

स्थानीयवासीको भनाइ सुन्दा यो आयोजना शुरुदेखि नै पर्याप्त अध्ययन र दीर्घकालीन योजनाबिना अघि बढाइएको स्पष्ट देखिन्छ। पानीको आवश्यकता नभएको क्षेत्रमा ठूलो रकम खर्चिनु, गलत स्थानमा संरचना निर्माण गर्नु र अन्य विकास आयोजनासँग समन्वय नगर्नु राज्य संयन्त्रको गम्भीर कमजोरीका रूपमा देखिन्छ।

अहिले २ लाख २५ हजार लिटर क्षमताको खानेपानी ट्यांकी डेन्टिङ-पेन्टिङ गरेर सजाएर राखिएको छ। तर, त्यो ट्यांकी कहिले प्रयोगमा आउँछ भन्‍ने कुनै ठोस समयसीमा छैन। स्थानीयवासीका लागि यो ट्यांकी विकासको प्रतीक होइन, योजनाविहीन खर्च र पीडाको स्मारक बनेको छ।

स्थानीयवासीहरू अब यो विषयमा स्पष्ट समाधान खोज्न माग गरिरहेका छन्। या त आयोजना पुनः डिजाइन गरेर प्रभावकारी बनाइयोस्, या स्थानीयवासीलाई परेको क्षतिको उचित क्षतिपूर्ति दिइयोस् भन्‍ने उनीहरूको माग छ। अन्यथा करोडौं खर्चिएको यो खानेपानी आयोजना बसडिलवाको इतिहासमा असफल योजनाको उदाहरण बनेर रहने निश्‍चित छ।

मङ्गलबार, पुष ०८, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम
बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने
थाई विद्यालयमा शिक्षिकाको हत्या
परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट
वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण
भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

भर्खरै

  • १.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • २.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ३.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ४.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ५.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

  • ६.
    भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

  • ७.
    सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

  • ८.
    सडक दुर्घटनामा दुईको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.