दार्चुला । जिल्लाको अपी हिमाल गाउँपालिकाको अध्यक्षमा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार भगतसिंह बोहरा निर्वाचित भएका छन् । उपाध्यक्षमा गठबन्धनबाटै उम्मेदवार कांग्रेसकी देवकीदेवी बोहरा निर्वाचित भएकी छन् ।
Advertisement
मत गणनाअनुसार बोहराले दुई हजार ३०४ मत प्राप्त गरेका छन् । उनले प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार धर्मानन्दसिंह मन्याललाई ९१९ मतान्तरले पराजित गरेका हुन् ।
पराजित मन्यालले एक हजार ३८५ मत ल्याएका छन् । उनी गत स्थानीय निर्वाचनमा अध्यक्षमा निर्वाचित भएका थिए । त्यसबेला बोहरा पराजित भएका थिए ।
उपाध्यक्ष निर्वाचित बोहराले दुई हजार २७ मत ल्याएकी छन् । एमालेकी उर्मिला बोहराले एक हजार ३९१ मत ल्याएकी थिइन् ।