काठमाडौँ । काठमाडौँ महानगरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले आफ्नो मतान्तर थप बढाउँदै लगेको छ । पछिल्लो मत गणनाअनुसार शाहले २६०१ मत प्राप्त गरेका छन् ।
Advertisement
शाहलाई नेकपा एमालेका केशव स्थापितले चुनौती दिइरहेका छन् । तर, उनले अहिलेसम्म एक हजार ४१५ मत मात्रै ल्याएका छन् ।
यस्तै, गठबन्धनको तर्फबाट कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले एक हजार ३५९ मत ल्याएकी छन् ।
अहिले काठमाडौँको पाँच वडामा मत गणना भइरहेको छ । सबै वडामा बालेनले अग्रता लिइरहेका छन् ।