काठमाडौँ । गत स्थानीय तहको निर्वाचनमा जिल्लामै एउटा मात्रै वडा सदस्य जितेको नेकपा माओवादी केन्द्रले दैलेखको एक पालिकामा अध्यक्ष जितेको छ ।
Advertisement
दैलेखको नौमुले गाउँपालिकामा माओवादी केन्द्रले सत्ता गठबन्धनकै नेपाली कांग्रेसका उम्मेदवारलाइ पराजित गर्दै अध्यक्ष जितेको हो । माओवादी केन्द्रका छविराम सुवेदीले तीन हजार २ सय मत पाउँदा कांग्रेसका भदे बुढामगरले दुई हजार ५४४ मत पाएका थिए ।
उपाध्यक्षमा नेकपा एकीकृत समाजवादीका गंगबहादुर शाही विजयी भएका छन् । उनले दुई हजार ८३४ मत प्राप्त गर्दा अमृता सिंहले दुई हजार ४०५ भोट पाएकी छन् ।
गत स्थानीय निर्वाचनमा नौमुलेमा अध्यक्ष र उपाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भएका थिए ।