नयाँदिल्ली- शहर-बजारमा सख्खर सहजै उपलब्ध छ। र, त्यो एनिमियाबाट बचाउने एक महत्त्वपूर्ण खाद्यपदार्थ हो।
आयुर्वेदका अनुसार हाम्रो भान्सामा उपलब्ध हरेक वस्तुको औषधीय महत्त्व छ। र, त्यसैमा पर्छ, सख्खर पनि। जाडोयाममा सख्खरलाई ‘सुपरफुड’ उपनाम पनि दिइएको छ।
अमेरिकी केमिस्ट अल्बर्ट सी. बार्नसले आफ्नो पुस्तक ‘एग्रिकल्चर अफ द सुगरकेन’मा करिब ६०० ईसापूर्वको आसपास उखु मलाया प्रायद्विप र तत्कालीन बर्माबाट भारतीय उपमहाद्विपमा पुगेको उल्लेख गरेका छन्। र, त्यतिबेलादेखि नै उखु पेलेर सख्खर बनाउन थालिएको अनुमान छ। संसारभर उपलब्ध सख्खरको ७० प्रतिशत हिस्सा भारतले बिक्री गर्ने गरेको छ।
सख्खर खाँदा ऊर्जाको स्तर बढ्छ। यसमा धेरै प्रकारका भिटामिन, आइरन, म्याग्नेसियम र क्याल्सियमजस्ता मिनरल्स पाइन्छन्। ती वस्तुले शरीरमा रक्त अल्पता (एनिमिया)बाट बचाउँछन्। र, जोर्नी दुखाइबाट पनि मुक्ति दिन्छन्।
सख्खरका १० फाइदा
– पाचन प्रणालीमा सुधार ल्याउँछ
– कलेजो र रगतको विषहरण हुन्छ
– श्वासप्रश्वासको इन्फेक्सनबाट टाढा राख्छ
– कब्जियतको समस्याबाट टाढा राख्छ
– मानसिक र शारीरिक तनाव कम गराउँछ
– प्रिमिन्स्ट्रुअल सिन्ड्रोमबाट राहत दिलाउँछ
– रक्त अल्पताको जोखिम कम गराउँछ
– छालाको स्वास्थ्य राम्रो राख्न मद्दत गर्छ
– मुटुको स्वास्थ्य राम्रो राख्न मद्दत पुर्याउँछ
– शरीरमा ऊर्जाको सञ्चार गराउँछ