• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

लागुऔषधसहित दुई जना पक्राउ

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

खैरो हेरोइनसहित चार जना पक्राउ

इबोला प्रकोपले बढायो विश्व चिन्ता

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : वृष- धन खर्च , सिंह- मंगलमय काम

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ७. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ८. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

के हो प्रेसबिओपिया ? कसरी सकिन्छ बच्‍न ?


    Avatar photo
बुधबार, कार्तिक ०६, २०८२ मा प्रकाशित

नयाँदिल्ली- संसारका १८० करोड मानिसले नजिकको वस्तु देख्दैनन् । तीमध्ये अधिकांश ४० वर्ष उमेर कटेकाहरू छन् । र, उनीहरूलाई देखिएको समस्या प्रेसबिओपिया हो ।

Advertisement

प्रेसबिओपिया भनेको नजिकको वस्तु नदेख्‍ने समस्या हो । त्यस्तो समस्या भएका मानिसका आँखामा चश्मा हुन्छ । तर, चश्माभन्दा माथिबाट टाढाका वस्तु हेर्छन्, चश्माबाट भने आँखा नजिक रहेका वस्तु, किताब या ग्याजेट हेरिरहेका हुन्छन् ।

प्रेसबिओपिया एक उमेरसम्बन्धी समस्या हो । र, यो ४० वर्ष उमेर कटेपछि नै बढी देखिन्छ । जब आँखाको लेन्सको इलास्टिसिटी कम हुन्छ, प्रेसबिओपियाको समस्या शुरु हुन्छ । यसमा सुधारका लागि चश्मा, कन्ट्याक्ट लेन्स र सर्जरीजस्ता विकल्प उपलब्ध छन् ।

प्रेसबिओपिया हुँदा आँखाको फोकस बदल्ने क्षमता समाप्त हुँदै जान्छ । र, कुनै नजिकको वस्तु हेर्न, पढ्न र लेख्‍न समस्या हुन थाल्छ । संसारका १८० करोड मानिसमा यो समस्या रहेको रिपोर्ट ‘नेसनल लाइब्रेरी अफ मेडिसिन’मा प्रकाशित भएको हो ।

प्रेसबिओपियाका लक्षण यस्ता

– पढ्नका लागि अधिक उज्यालो आवश्यक हुन्छ
– सामान्य दूरीमै अक्षर धमिलो देखिन्छ
– स-साना अक्षर पढ्न समस्या हुन्छ
– कुनै वस्तु आँखा नजिक ल्याउँदा धमिलो देखिन्छ
– पढ्नका लागि कम्तिमा एक हातको दूरीमा राख्‍नुपर्छ
– नजिक हेर्ने कोशिस गर्दा टाउको दुख्‍न सक्छ
– नजिकको वस्तु हेर्न आँखालाई हल्का बन्द गर्नुपर्ने हुन सक्छ

कारण के के ?

– एनिमिया
– कार्डियो भास्कुलर बिरामी
– डाइबिटिज
– आँखाकै कुनै बिरामी
– रक्त सञ्‍चार कमजोर हुनु
– माइस्थेनिया ग्रेभिस नामक अटोइम्युन बिरामी, जसबाट शरीरका मांशपेशी कमजोर हुन्छन्

यी औषधि पनि कारक

– एन्टी एन्जाइटी औषधि (चिन्ता या घबराहटको औषधि)
– एन्टी डिप्रेसेन्ट (डिप्रेसनको औषधि)
– एन्टी हिस्टामाइन्स (एलर्जीको औषधि)
– एन्टी साइकोटिक्स (मनोविकारको औषधि)
– डायुरेटिक्स (मूत्रसम्बन्धी विकारको औषधि)

कसरी बच्‍ने ?

– आँखाको नियमित जाँच गराऊँ
– डाइबिटिज या उच्च रक्तचापलाई व्यवस्थापन गरौं
– चर्को घाममा सनग्लास लगाऊँ
– एन्टी अक्सिडेन्ट्सका लागि सबै रंगका सागसब्जी र फलफूल खाऊँ
– ‘भिटामिन ए’ प्राप्त गर्न हरिया सागसब्जी, दुग्धजन्य पदार्थ र माछा खाऊँ
– बिटा केरोटिनका लागि गाँजर, पालक, टमाटर, सखरखण्ड, ब्रोकाउली खाऊँ
– सही पावरको चश्मा लगाइरहेको छु भन्‍ने सुनिश्‍चित गरौं
– पढ्न बसेको समयमा कोठामा राम्रो उज्यालोको व्यवस्था गरौं

(भास्कर डट कमबाट)

 

बुधबार, कार्तिक ०६, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

लागुऔषधसहित दुई जना पक्राउ
स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा
सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण
शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री
उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

भर्खरै

  • १.
    लागुऔषधसहित दुई जना पक्राउ

  • २.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • ३.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • ४.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

  • ५.
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

  • ६.
    उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

  • ७.
    करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

  • ८.
    खैरो हेरोइनसहित चार जना पक्राउ

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.