काठमाडौँ । बझाङको सुर्मा गाउँपालिकामा सर्वदलीय बैठक बस्दै गर्दा झडप भएको छ । झडपमा नेकपा एमालेका सुर्मा गाउँपालिका ५ का वडाध्यक्षका उम्मेदवार हर्क बहादुर बोहरासहित दुई जना घाइते भएका छन् ।
Advertisement
अपांग तथा अशक्तलाई कसरी मतदानमा सहभागी गराउने भन्ने विषयमा विवाद हुँदा झडप भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
घाइते भएका वडाध्यक्षका उम्मेदवारको उपचारपछि घर फर्किएका छन् । कांग्रेसका कार्यकर्ताले उनीहरूलाई आक्रमण गरेका थिए ।