काठमाडौँ । सुर्खेतमा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच झडप हुँदा ६ जना घाइते भएका छन् । झडपमा परी चार प्रहरीसहित ६ जना घाइते भएका हुन् ।
Advertisement
सिम्ता गाउँपालिका ६ ऋषि डाँडामा दुई पार्टीका कार्यकर्ताबीच झड्प भएको हो । झडपमा एमालेका दुई कार्यकर्तासहित चार प्रहरी घाइते भएका हुन् ।
घाइतेहरूको नेपालगञ्जमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । एमालेका कार्यकर्ताले प्रहरीमाथि आक्रमण गर्दा चार प्रहरी घाइते भएका हुन् ।