काठमाडौँ । निर्वाचन आचार संहिताविपरीत नेकपा एमालेका प्रचार प्रसार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले भोट मागेका छन् । आगामी शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि उनले निर्वाचन आचार संहिताविपरीत आफ्ना उम्मेदवारका लागि भोट मागेका हुन् ।
Advertisement
स्थानीय तह निर्वाचनको आचार संहिताअन्तर्गत गएराति १२ बजेदेखि मौन अवधि शुरु भएको छ । गण्डकी प्रदेशका पूर्व मुख्य मन्त्रीसमेत रहेका गुरुङले बुधबार बिहान आफ्नो आधिकारिक फेसबुक पेजमार्फत भोट मागेका हुन् ।
निर्वाचन आचार संहिताअनुसार मौन अवधिमा कुनै माध्यमबाट भोट माग्न पाइँदैन । उनले भोट मागेसँगै उनीमाथि प्रश्न तेर्सिएको छ ।