काठमाडौँ । धनगढीका लागि उडेको श्री एयरलाइन्सका एक जहाजको इञ्जिन फेल भएको छ । काठमाडौँबाट धनगढी उडेको जहाजको इञ्जिन फेल भएपछि काठमाडौँ नै आइरहेको स्रोतले जनायो ।
Advertisement
उक्त जहाजलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गर्न तयारी भइरहेको छ ।
स्रोतका अनुसार २२३ उडान नम्बरको उक्त जहाजमा ८७ यात्रु रहेका छन् ।