• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, भदौ २६, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

विश्‍व घटना : लिबिया बाढीमा मारिए ११ हजार ३००

राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

एक सय सात पिन्ट रगत सङ्कलन

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ५. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ८. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ९. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

  • १०. पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो

वर्षौं पहिले नै देखिन्छन् हृदयाघातका लक्षण !


    Avatar photo
मङ्गलबार, भदौ ०३, २०८२ मा प्रकाशित

नयाँदिल्ली- मुटु हाम्रो शरीरको इन्जिन हो। यो दिनरात नरोकी काम गर्छ। हृदयघातजस्तो गम्भीर समस्या हुनुभन्दा धेरै वर्ष अगाडिदेखि नै शरीरले सानो संकेत दिन थाल्छ।

Advertisement

धेरैजसो मानिसले उमेर वा थकानको प्रभाव हो भनेर तिनीहरूलाई बेवास्ता गर्छन्। आक्रमण आउँदा सबै छक्क पर्छन्।

जामा कार्डियोलोजीमा प्रकाशित कार्डिया अध्ययनअनुसार मुटु रोगका लक्षणहरू लगभग १२ वर्ष अगाडि देखिन सक्छन्। विशेषगरी शारीरिक गतिविधिमा कमीजस्ता परिवर्तनहरू विस्तारै शुरु हुन्छन्। यो गिरावट केवल उमेरको कारणले मात्र होइन। तर, मुटुका नलीहरूमा अवरोधको प्रारम्भिक संकेत हुन सक्छ। अध्ययन क्रममा मुटुको समस्या भएका व्यक्तिहरूको गतिविधि १२ वर्षअघि घट्न थाल्यो र आक्रमण हुनुभन्दा २ वर्ष अघि यो धेरै छिटो बढ्यो।

मुटुले रगत पम्प मात्र गर्दैन। यसले सम्पूर्ण शरीरलाई अक्सिजन र पोषक तत्त्वहरू आपूर्ति गर्छ। यदि रक्तनलीहरूमा अवरोध वा कमजोरी छ भने सम्पूर्ण प्रणाली प्रभावित हुन्छ। कार्डिया अध्ययनका अनुसार युवावस्थादेखि मध्यम उमेरसम्म शारीरिक गतिविधि विस्तारै घट्छ र त्यसपछि लगभग बन्द हुन्छ। यद्यपि, मुटु रोग भएकाहरूमा यो गिरावट धेरै पहिले र छिटो हुन्छ।

सक्रिय रहनाले मुटु बलियो हुन्छ, रक्तचाप नियन्त्रण हुन्छ र तौल बढ्नबाट रोक्छ। सातामा कम्तिमा १५० मिनट मध्यमदेखि जोशिला गतिविधिहरू जस्तै छिटो हिँड्ने, साइकल चलाउने वा पौडी खेल्न आवश्यक छ। यदि तपाईंलाई पहिले नै मुटुको समस्या भएको छ भने आफ्नो डाक्टरसँग परामर्श गरेपछि विस्तारै शुरु गर्नुहोस्। यो रोकथाम र उपचार दुवैको लागि उत्तम तरिका हो।

हर्ट अट्याकका यी १२ लक्षण

– शारीरिक स्टामिनामा कमी- पहिले जसरी तीव्र गतिमा हिँडडुल गर्न सक्नु हुन्थ्यो, हृदयाघातको लक्षण छ भने त्यो स्टामिनामा कमी आउँछ।

– श्वासप्रश्वासमा समस्या- सिढींहरू चढ्दा र छिटो हिँड्दा सास फुलेर हिँड्न गाह्रो हुन्छ।

– निरन्तर थकान- आराम गरिसकेपछि पनि थकान महशुस हुन्छ भने हृदयाघातको लक्षण हुन सक्छ।

– छाती दुख्‍ने- छाती ढुंगाजस्तै साह्रो भएको महशुस हुन थाल्यो भने हृदयाघातको लक्षण हुन सक्छ।

– खुट्टा र गोलीगाँठो सुन्‍निनु- रक्त प्रवाह कम हुनाले खुट्टा र गोलीगाँठा सुन्‍निने समस्या देखिन्छ।

– पुरुषको लिंग खडा नहुने समस्या- रक्त नलीमा ब्लकेजका कारण पुरुषको लिंग उत्तेजित नहुने समस्या देखिन सक्छ।

– मुटुको धडकन अनियमित हुनु- हृदयाघातको सम्भावना छ भने मुटुको धडकन अनियमित हुन थाल्छ। र, हर्ट बिट नियन्त्रणमा रहँदैन।

– निद्रामा समस्या- अत्यधिक घुर्नु र बारम्बार निन्द्रा खुल्नु पनि हृदयाघातको लक्षण हुन सक्छ।

– तौल धेरै बढ्नु- पेट र कम्मर आसपास बोसो जम्नु पनि हृदयाघातको एउटा लक्षण हुन सक्छ।

– अन्य बिरामी- कोलेस्ट्रोल, रक्तचाप र सुगर बढ्नु पनि हृदयाघातको लक्षण हुन सक्छ।

– पाचनमा समस्या- बारम्बार अपच र एसिडिटीको समस्या देखिइरहेको छ भने पनि हृदयाघातको लक्षण हुन सक्छ।

– गर्धन र दाँतको फेदमा हल्का दुखाइ- शारीरिक व्यायामको दौरान गर्धन र दाँतको फेदमा हल्का दुखाइ हुन्छ भने पनि हृदयाघातको लक्षण हुन सक्छ।

हृदयाघातअघिका टाइमलाइन

– १०-१२ वर्षअघि- फिजिकल स्टामिनामा कमी शुरुवात। शारीरिक व्यायाममा रुचि कम हुने।

– ७-१० वर्षअघि- शरीरको तौल बढ्नु। पेट र कम्मर वरिपरि बोसो जम्नु। कोलेस्ट्रोल र रक्तचाप बढ्नु।

– ५-७ वर्षअघि- निन्द्रामा समस्या देखिनु। निन्द्रामा अत्यधिक घुर्नु। र, अपचको समस्या शुरु हुनु।

– ३-५ वर्षअघि- पुरुषको लिंग उत्तेजित नहुने समस्या देखिनु। मुटुको धडकन अनियमित हुनु। गर्धन र दाँतको फेदमा दुखाइ हुनु।

– १-३ वर्षअघि- लगातार थकान महशुस हुनु। सास फुल्ने खुट्टा सुन्‍निने समस्या देखिनु।

– ६-१२ महिनाअघि- छाती भारी हुन थाल्नु। ढुंगाजस्तो गह्रौं भएको अनुभूति हुनु।

भास्कर डट कमबाट

मङ्गलबार, भदौ ०३, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

विश्‍व घटना : लिबिया बाढीमा मारिए ११ हजार ३००
राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन
भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति
बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक
फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता
एक सय सात पिन्ट रगत सङ्कलन

भर्खरै

  • १.
    विश्‍व घटना : लिबिया बाढीमा मारिए ११ हजार ३००

  • २.
    राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • ३.
    भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

  • ४.
    बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

  • ५.
    फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

  • ६.
    एक सय सात पिन्ट रगत सङ्कलन

  • ७.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • ८.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.