• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, भदौ २४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

सडक दुर्घटनामा दुईको मृत्यु

काभ्रेका बाढीपीडितको समस्या सरकारी अल्झनमै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ६. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ७. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

सिरहाका किसानको आशाः कमला र खुट्टीखोला नहर


बिहिबार, साउन १६, २०८२ मा प्रकाशित

सिरहा- भर्खरै रोपाइँ सकिएको छ, तर कर्जन्हा–१ का श्यामलाल यादवका आँखाले अझै आकाश नियाल्न छोडेका छैनन् । रोपिएको बीउ हरियो भएर पलाउँछ वा पानी नपाएर पहेँलिन्छ ! उहाँ ढुक्क हुन सकिरहनुभएको छैन । लामो समयको खडेरीले कमला नहरको कुलोमै पानी सुक्ला कि भन्ने शङ्का उहाँको मनमा गडेर बसेको छ । “नहरको पानीले खेत भरिन्छ भन्ने आशा छ, तर कहिलेकाहीँ नहर सुकेको देख्दा मन अमिलो सुक्छ” उहाँ भन्नुहुन्छ ।

Advertisement

नहरले धोका पो दिन्छ कि भन्ने डर उहाँमा मात्रै होइन, पूरै गाउँका किसानमा छ । समयमा वर्षा नहुने, कहिले धेरै त कहिले थोरै पानी पर्ने पछिल्ला वर्षहरूका अनुभवले किसानलाई निश्चिन्त हुन दिएको छैन । श्यामलाल जस्ता किसानको जीवन खेतीकिसानीमै निर्भर छ । त्यसैले रोपाइँ ढिला भयो भने ‘सिजन चुक्ने’ डर, बाली राम्रो भएन भने वर्षभरिको आम्दानी गुम्ने पीर । यस्तो अवस्थामा सिँचाइ नहर नै यहाँका किसानको भरोसा बनेको छ—तर त्यो आधार पनि मजबुत छैन ।

कमला नहरले जगाएको ‘आशा’

श्यामलालको गाउँ नजिकैबाट बगेको कमला सिँचाइ नहर धेरैको आशाको केन्द्र हो । नेपालका ठूला सिँचाइ आयोजनामध्ये एक कमलाले थुप्रै किसानको जीवनशैलीमा ठूलो परिवर्तन ल्याइरहेको छ । यसको ऐतिहासिक महत्त्व पनि उत्तिकै छ । विसं २०१७ साल कात्तिक २६ गते तत्कालीन सिँचाइ मन्त्री गणेशमान सिंहले शिलान्यास गर्नुभएको यस आयोजनामार्फत विसं २०४० सालदेखि सिँचाइ सुविधा सुरु भएको हो ।

कमला सिँचाइ व्यवस्थापन कार्यालय पोर्ताहा, धनुषाका कार्यालय प्रमुख वीरेन्द्र यादवका अनुसार हालसम्म यस आयोजनाले पूर्वी खण्डअन्तर्गत सिरहातर्फ करिब १२ हजार ५०० हेक्टर जमिनमा सिँचाइ सुविधा पु¥याएको छ । विशेषगरी कर्जन्हा, मिर्चैया, कल्याणपुर, सिरहा र सुखीपुर नगरपालिकाका साथै विष्णुपुर र औरही गाउँपालिकाका किसानहरूले यसबाट प्रत्यक्ष लाभ लिइरहेका छन् । यस्तै, पश्चिम खण्डअन्तर्गत धनुषातर्फ १२ हजार ५०० हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको छ ।

कमला सिँचाइ आयोजनाले ठूलो क्षेत्रफलमा सेवा पु¥याए पनि हाल नदीमै पानीको सतह घटेका कारण नहरमा पर्याप्त प्रवाह हुन सकेको छैन । यस्तो अवस्थामा पनि किसानलाई राहत दिने उद्देश्यले कार्यालयले आलोपालो प्रणाली लागू गरेको जनाएको छ । “नहरमा पानीको सतह कम भएकाले शाखागत रूपमा पालो मिलाएर सिँचाइ व्यवस्था मिलाइएको छ”, कार्यालय प्रमुख यादवले भन्नुभयो, “धान रोपाइँलाई ध्यानमा राख्दै असार ९ गतेदेखि नहरमा पानी प्रवाह सुरु गरिएको थियो, तर कमला नदीमै पानीको बहाव कम भएकाले सिँचाइमा चुनौती देखिएको छ ।”

उहाँका अनुसार आवश्यक मात्रामा पानी नआउँदा नहरका सबै शाखा प्रशाखामा एकैपटक सिँचाइ सम्भव नभएकाले विकल्पमा पालो प्रणाली लागू गरिएको हो । यसले सबै किसानको आवश्यकता एकैपटक पूरा गर्न नसकिए पनि सबै ठाउँमा पानी पु¥याउन सजिलो भएको छ । “हामीले अनुगमन र व्यवस्थापनलाई सशक्त बनाएका छौँ । पानीको बहाव बढेपछि नियमित आपूर्ति सुनिश्चित गर्नेछौँ”, प्रमुख यादवले भन्नुभयो ।

खुट्टीखोला सिँचाइ नहरको सपना अधुरै

कमला नहरले राहत दिएको छ, तर सिरहाको पूर्वी भेगका किसानलाई लक्षित गरी बनाउने भनिएको लहान नगरपालिका–१० स्थित खुट्टीखोला सिँचाइ आयोजना अझै अधुरो छ । चार वर्षअघि झन्डै रु नौ करोड लागतमा निर्माणको मुख्य संरचना सम्पन्न भइसक्दा पनि खुट्टीखोलाको पानी अझै किसानको खेतसम्म आइपुगेको छैन ।

“सिँचाइ आयोजनाको मुख्य संरचना ‘हेडवक्र्स’ तयार छ । नहर पनि बनेको देखिन्छ, तर नहरमा पानी सञ्चालन गरिएको छैन”, लहान–११ का किसान धर्मराज चौधरीले भन्नुभयो, “हरेक वर्ष नहरमा पानी आउने आशामा खेत तयार गर्छौं, तर अन्ततः प्रकृतिमै भर पर्नुपर्छ ।”

खुट्टीखोला सिँचाइ आयोजना सुरु हुँदा किसानमा निकै उत्साह थियो । आयोजना पूर्ण रूपमा सञ्चालनमा आए जिल्लाको पूर्वी भागमा सयौँ हेक्टर खेत सिँचित हुने थिए, तर मुख्य नहर बने पनि शाखा नहर, नियन्त्रण गेट, पानी प्रवाहका लागि आवश्यक सानोतिनो संरचना अझै अधुरै छन् ।

यस आयोजनामार्फत लहान, सखुवानान्करकट्टी, भगवानपुर र लक्ष्मीपुर पतारीलगायत चारवटा पालिकाको ९३५ बिघाभन्दा बढी खेतमा सिँचाइ सुविधा पु¥याउने लक्ष्य राखिएको छ । ‘हेडवक्र्स’ बनेपछि उत्साहित बनेका किसान चार वर्षसम्म खेतमा पानी आउने सुनिश्चितता नभएपछि निराश छन् । नहर सञ्चालनको माग गर्दै किसानले सङ्घर्ष समिति गठन गर्नुपरेको थियो । त्यसको दबाबपछि नहर पुनः सञ्चालनको प्रक्रिया अघि बढाइएको छ ।

मधेस प्रदेशसभा सदस्य राजेन्द्रप्रसाद चौधरीले स्थानीय सरकार किसानका आवश्यकताप्रति संवेदनशील नहुँदा सिँचाइ नहरको काम अगाडि नबढेको बताउनुहुन्छ । बर्सेनि पानीको अभावले धान रोप्न नसकिएको अवस्थामा नहर सञ्चालन हुनु जीवनरक्षासँग जोडिएको विषय भएकाले त्यसलाई अगाडि बढाउनुपर्ने उहाँको भनाइ छ । चौधरीले भन्नुभयो, “बर्सेनि पानीको अभावमा बाली सुक्छ । यस्तो अवस्थामा सिँचाइ पूर्वाधारको उपेक्षा गर्नु जनताको जीवनमाथिको खेलबहाड हो । नहर राजनीतिक विषय होइन, यो जीवन र खाद्य सुरक्षासँग जोडिएको विषय हो, त्यसैले तत्काल बाँकी काम हुनुपर्छ ।”

दुवै सिँचाइ आयोजनाको एकै दिन अनुगमन

कमला र खुट्टीखोला नहरको बुधबार एकै दिन स्थलगत अनुगमन गरिएको छ । कमला सिँचाइको पूर्वी नहर प्रणालीअन्तर्गत कर्जन्हाको पुछार गाउँका किसानले पानी नपाएको गुनासोपछि जनप्रतिनिधि, सिँचाइ कार्यालयका अधिकारी र किसानहरूको टोलीले अनुगमन गरेको हो । अनुगमनपछि सातामा तीन दिन पानी छोड्ने सहमति भएको कर्जन्हा–१ का वडाध्यक्ष फणीन्द्र पोखरेलले जानकारी दिनुभयो ।

पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालबाट उद्घाटन गरिएको प्रशाखाले हाल डेढ सय बिघामा सिँचाइ गरिरहेको भए पनि किसानले त्यसलाई एक हजार बिघामा विस्तार गर्न माग गरेका छन् ।

यता, लहान नगरपालिका–१० स्थित खुट्टीखोला नहरमा पनि ड्यामस्थलको अनुगमन गरिएको छ । आयोजनाको ‘हेडवक्र्स’ निर्माण भइसके पनि बजेट, समन्वय र विवादका कारण नहर सञ्चालन हुन सकेको छैन ।

खडेरीका कारण रोपाइँ प्रभावित भएपछि नहर सुधार र सफाइका लागि मधेस प्रदेश सरकारले छुट्याएको रु १५ लाख बजेटमार्फत सञ्चालनको तयारी गरिएको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय सिरहाले जनाएको छ । अनुगमन टोलीमा प्रदेशसभा सदस्य चौधरी, प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल, जिल्ला समन्वय समिति प्रमुख दिनेश महतो, सिँचाइ विकास डिभिजन कार्यालयका प्रमुख हस्मत अन्सारी, इलाका प्रशासन कार्यालय लहानका प्रमुख गोकर्णराज सुयलका साथै सुरक्षा निकायका उच्च अधिकारीलगायत सहभागी हुनुहुन्थ्यो ।

अनुगमनका क्रममा स्थानीयले प्रदेश सरकारले न्यून बजेट छुट्याएको गुनासो गरेका थिए । अनुगमन टोलीले स्थलगत अवलोकनपछि नहर छिट्टै सञ्चालनमा ल्याउन सबै सरोकार भएका निकायबीच सहमति भएको जानकारी गराएको थियो ।

बिहिबार, साउन १६, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम
बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने
थाई विद्यालयमा शिक्षिकाको हत्या
परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट
वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण
भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

भर्खरै

  • १.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • २.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ३.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ४.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ५.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

  • ६.
    भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

  • ७.
    सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

  • ८.
    सडक दुर्घटनामा दुईको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.