• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, भदौ २४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

सडक दुर्घटनामा दुईको मृत्यु

काभ्रेका बाढीपीडितको समस्या सरकारी अल्झनमै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ६. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ७. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

शरीरमा पानी कम हुँदा के देखिन्छ समस्या?


    Avatar photo
शनिबार, साउन ११, २०८२ मा प्रकाशित

काठमाडौं- करिब ७० प्रतिशत मानव शरीर पानीबाटै बनेको हुन्छ। हाम्रो शरीरमा भएको रगतलाई हरेक घण्टा मिर्गौलाले फिल्टर गर्छ र पिसाब बन्छ।

Advertisement

मान्छेको शरीरमा हरेक घण्टा ०.५ एमएल पिसाब बन्‍नुपर्छ। त्यसैले स्वस्थ रहन शरीरमा पानीको मात्रा कायम राख्‍नु आवश्यक छ।

तर, शरीरमा धेरै कारणले पानीको कमी हुन्छ। यसरी पानीको कमी हुनुलाई डिहाइड्रेसन भनिन्छ। अत्यधिक गर्मी, झाडापखाला, शरीरबाट रगत बगेमा र पानी कम पिउने गरेमा डिहाइड्रेसनको उच्च जोखिम रहन्छ। वान्ता हुनु, ज्वरो आउनु, पेटको समस्या देखिनु पनि पानीको कमीभित्र पर्छ। शरीरमा पानीको कमी हुँदा मिर्गौला फेल हुने, हाडजोर्नी बाउँडिने, रक्तचाप घट्ने, मुटुको चाल बढ्नेजस्ता जटिल समस्या पनि देखिन सक्छन्।

मिर्गौलामा समस्या

शरीरमा पानीको कमी हुँदा मिर्गौलामा समस्या देखिने गर्छ। रगतमा युरिया र क्रिटेनाइनको मात्रा बढ्ने भएकाले मिर्गौलामा असर पुग्छ। पानीको कमी हुँदा विकारयुक्त वस्तु बाहिर निस्कन पाउँदैनन् र मिर्गौलामा समस्या देखिने गर्छ।

रक्तचापमा कमी

शरीरमा पानीको कमीका कारण एक्कासी रक्तचाप (ब्लडप्रेसर) घट्छ। ब्लडप्रेसर घट्दा मुटुको चाल बढ्ने, रिँगटा लाग्‍ने, वान्ता आउनेलगायत समस्या देखिन्छन्।

छालासम्बन्धी समस्या

शरीरमा पानी कम हुँदा छाला सुक्खा हुने, चाउरी पर्ने, ओठ फुट्ने, छालामा चमक हराउने समस्या देखिन्छन्।

मुड परिवर्तन

शरीरमा पानीकै कमीले रिस उठ्ने, झर्किने, बोल्न मन नलाग्‍ने हुन सक्छ, जसले मानसिक असर पर्ने भएकाले मुड परिवर्तन हुने गर्छ।

जोर्नी र मांसपेशीमा समस्या

पानीले शरीरका जोर्नी तथा मांसपेशीलाई नरम बनाउने काम गर्छ। पानीको मात्रा कम हुँदा हाडजोर्नी बाउँडिने, शरीर दुख्‍नेलगायत समस्या देखिन्छ।

पाचनसम्बन्धी समस्या

पानीको कमी हुँदा क्याल्सियम र म्याग्‍नेसियमको पनि कमी हुन्छ। र, पाचनसम्बन्धी समस्या आउँछ। पाचन प्रणालीमा समस्या आउँदा अल्सर हुने, पेटमा ग्यास जम्मा हुने, झाडापखाला लाग्‍ने, वान्ता हुने, खान मन नलाग्‍नेलगायत समस्या देखिन्छन्।

टाउको दुख्‍ने

शरीरमा पानीको कमी भएमा टाउको भारी हुने, दुख्‍ने, ज्वरो आउने, थकान महशुस र चक्कर लाग्‍ने हुन्छ।

पिसाबको रंग परिवर्तन हुनु

पानीको कमीले  पिसाबको रंग परिवर्तन हुने हुन्छ। पिसाबको पहेंलो हुँदै जटिल अवस्थामा पुग्छ। २-३ घण्टाको फरकमा पिसाब सफा आइरहेको छ भने त्यो मानिसको शरीरमा पानीको कम हुँदैन।

के गर्ने ?

– पानी पिइरहने। मुख सुक्ने, प्यास लाग्‍ने, पिसाबको रंग परिवर्तन भएमा पानी पिउने
– फलफूल खाने।
– अल्कोहलजन्य खानेकुरा नखाने।
– अन्य थप समस्या देखिएमा स्वास्थ्य संस्थामा गई चिकित्सकको सल्लाहबमोजिम गर्ने

 

शनिबार, साउन ११, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम
बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने
थाई विद्यालयमा शिक्षिकाको हत्या
परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट
वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण
भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

भर्खरै

  • १.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • २.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ३.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ४.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ५.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

  • ६.
    भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

  • ७.
    सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

  • ८.
    सडक दुर्घटनामा दुईको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.