दैलेख । जिल्लाको आठबीस नगरपालिकामा नेकपा एमाले मेयरका उम्मेदवार तर्कबहादुर बडुवालको गाडीमा आगजनी भएको छ । बा १९ च ५५७९ नम्बरको गाडीमा आगजनी भएको प्रहरीले जनाएको छ ।
Advertisement
खोली बजारस्थित श्रृष्टि होलमा पार्किङ गरेर अवस्थामा चालक गाडीभित्रै सुतिरहेको थिए । अज्ञात समूहले गाडीभित्र चालकसहित गाडीमा आगो लगाइदिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
गाडीमा आगो लगाएको थाहा पाएपछि चालकले तत्काल गाडीलाई नजिकै खोलामा पुर्याएका थिए । घटनाबारे इलाका प्रहरी कार्याल राकमले अनुसन्धान थालेको छ ।