• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, भदौ २४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

सडक दुर्घटनामा दुईको मृत्यु

काभ्रेका बाढीपीडितको समस्या सरकारी अल्झनमै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ६. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ७. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

बुटवलको वधशाला बन्द, डुब्यो २९ करोडको लगानी !


    Avatar photo
बिहिबार, असार १९, २०८२ मा प्रकाशित

भैरहवा- रुपन्देहीको बुटवल उपमहानगरपालिका-१० रामनगरमा निर्माण गरिएको आधुनिक पशु वधशाला करिब पाँच महिनादेखि बन्द अवस्थामा छ। करिब २९ करोड रुपैयाँ लागतमा निर्माण गरिएको यो वधशाला सञ्‍चालनमा आउन नपाउँदै अलपत्र परेको हो।

Advertisement

सार्वजनिक-निजी साझेदारी (एएए) मोडेलमा बनेको वधशालामा लुम्बिनी प्रदेश सरकार, बुटवल उपमहानगरपालिका, किसान सहकारी र अन्तर्राष्‍ट्रीय संस्था हेफर इन्टरनेसनलको संयुक्त लगानी छ। जसअनुसार, प्रदेश सरकारले ८ करोड, उपमहानगरपालिकाले १५ करोड, हेफर इन्टरनेसनलले ४ करोड र किसान सहकारीहरूले १ करोड ९० लाख बराबरको लगानी गरेका थिए। भौतिक संरचना निर्माणमा प्रदेश र नगरपालिकाको खर्च छ भने प्राविधिक पक्षमा हेफर, किसान सहकारी र व्यवसायीको योगदान छ।

वधशालामा खसीबोका चरन क्षेत्र, होल्डिङ सेन्टर, पशु स्वास्थ्य परीक्षण तथा उपचार कक्ष, फोहोर प्रशोधन केन्द्र, हरियाली उद्यानलगायत संरचना निर्माण गरिएको छ। डीपीआरका लागि भारतबाट प्राविधिकसमेत बोलाइएको थियो।

तर, योजना शुरु हुनुअघि नै विवादका कारण वधशालाको भविष्‍य अन्योलमा परेको हो। बुटवल उपमहानगरपालिकाले वार्षिक ५८ लाख रुपैयाँ बुझाउने शर्तमा मुक्तिनाथ लाइभस्टक बैंक लिमिटेडलाई वधशाला सञ्‍चालनको जिम्मा दिएको थियो। कम्पनीले दैनिक करिब २५० खसीबोका वध हुने अनुमानमा ठेक्का लिए पनि मासु व्यवसायीहरूको असहयोग र घाटाका कारण वधशाला बन्द गर्नुपरेको हो।

टेन्डर विवादले चुलियो असन्तुष्‍टि

वधशालामा लगानी गरेका किसान र व्यवसायी संस्थाहरूले आफूहरूलाई बेवास्ता गर्दै तेस्रो पक्षलाई टेन्डर दिइएको भन्दै असहमति जनाएका छन्। उनीहरूका अनुसार शुरुमा सञ्‍चालनको अवसर आफूहरूलाई दिने भनिए पनि अन्त्यमा टेन्डरमार्फत धोका दिइएको हो। हेफर इन्टरनेसनलले समेत टेन्डर प्रक्रियामा बेवास्ता गरिएको गुनासो गरेको छ।

स्थानीय नेतृत्वको परिवर्तनले समस्या झन जटिल बनाएको छ। पूर्वमेयर शिवराज सुवेदीको पालामा शुरु भएको योजना हालका मेयर खेलराज पाण्डेयको कार्यकालमा आएर मोडिएपछि विवाद उत्पन्‍न भएको हो। नयाँ नेतृत्वले पुरानो सम्झौताबारे जानकारी नदिई टेन्डर रद्द गरी नयाँ टेन्डर आह्वान गरेपछि सरोकारवालाहरू आक्रोशित भएका छन्।

सरोकारवालाहरूको आवाज

हेफर इन्टरनेसनल बुटवल परियोजनाका निर्देशक प्रेमकुमार सयम्बुले प्रदेश र नगरको गौरवको योजनाको डीपीआर, वातावरणीय मूल्यांकन तथा प्राविधिक परीक्षणमा हेफरले करिब ४ करोड रुपैयाँ लगानी गरेको जानकारी दिए। राज्यको अवधारणाअनुसार वधशाला सहज रूपमा सञ्‍चालन होस् भन्‍ने चाहना रहेको उनले बताए।

मासु व्यवसायी संघ नेपाल, रुपन्देहीका महासचिव थानेश्‍वर सुवेदीले व्यवसायी, समाजसेवी, शिक्षक र जनप्रतिनिधिहरू सम्मिलित २५ बुँदे समझदारी भए पनि पालिकाले कार्यान्वयन नगरेको आरोप लगाए। उनका अनुसार करिब ५० हजार जनाको दुई करोड रुपैयाँ नगरपालिकाको खातामा मासु व्यवसायीले नै जम्मा गरिसकेका छन्।

पशु चिकित्सक भविन्द्र बन्जाडेले परम्परागत मासु व्यवसायको प्रवृत्ति परिवर्तन गर्न कठिन भइरहेको बताउँदै जनचेतनाको कमी समस्या भएको बताए। वधशालामा उत्पादन भएको मासु बजारमा पु¥याउन आग्रह गरे पनि व्यवसायीहरूले चासो नदेखाएको उनको भनाइ छ।

मासु व्यवसायी बहुउद्देश्यीय सहकारीका अध्यक्ष नारायण जीसीका अनुसार संस्थामा ४८ जना सदस्यले १५ लाख रुपैयाँ लगानी गरेका छन्। संघका अध्यक्ष विशाल थापाले पालिकासँग भएको २५ बुँदे सहमति कार्यान्वयन नहुँदा समस्या भएको बताए।

उपभोक्ता हित संरक्षण मञ्‍च, बुटवलका अध्यक्ष समुन्द्र जीसीले वधशालामा समस्या योजना, विधि र कार्ययोजनाको अस्पष्‍टता भएकाले आएको बताए। उनले व्यवसायीलाई नै जिम्मा दिँदा अपनत्व बढ्ने बताउँदै पालिकाले कानूनी संरचना बनाएर सञ्‍चालन गर्नुपर्ने धारणा राखे।

उपभोक्ता जोखिममा

वधशाला सञ्‍चालनमा नआउँदा बुटवलवासी वैज्ञानिक, स्वच्छ र स्वास्थ्य परीक्षण गरिएको मासु उपभोग गर्नबाट वञ्‍चित भएका छन्। सडकछेउ र गल्लीहरूमा अनुगमनविहीन मासु खुलेआम बिक्री भइरहेकाले उपभोक्ताको स्वास्थ्य जोखिममा परेको छ। दीर्घकालीन सोचसहितको योजनामा करोडौं लगानी भए पनि वधशाला बन्द रहँदा सार्वजनिक सम्पत्तिको दुरुपयोग भएको महशुस गरिएको छ।

प्रदेश सरकार र स्थानीय तहले वधशालाको पुनः सञ्‍चालनका लागि तत्काल गम्भीर पहल नगरे परिवर्तन र विकासका नाममा गरिएको लगानी प्रभावहीन बन्‍ने देखिन्छ। यो अवस्था नीति निर्माण, कार्यान्वयन र समन्वयको कमजोरीको स्पष्‍ट उदाहरण बनेको छ।

बिहिबार, असार १९, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम
बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने
थाई विद्यालयमा शिक्षिकाको हत्या
परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट
वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण
भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

भर्खरै

  • १.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • २.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ३.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ४.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ५.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

  • ६.
    भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

  • ७.
    सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

  • ८.
    सडक दुर्घटनामा दुईको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.