• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, भदौ २४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

सडक दुर्घटनामा दुईको मृत्यु

काभ्रेका बाढीपीडितको समस्या सरकारी अल्झनमै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ६. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ७. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

भैरहवा-बुटवल सडकका सार्वजनिक संरचनामा बेवास्ता चरम !


    Avatar photo
शुक्रबार, असार १३, २०८२ मा प्रकाशित

भैरहवा- रुपन्देहीको प्रमुख यातायात मार्ग भैरहवा-बुटवल सडकमा रहेका सार्वजनिक संरचनाहरू जीर्ण, अव्यवस्थित र प्रयोगविहीन बन्दै गएका छन्। लाखौं खर्चेर निर्माण गरिएका संरचना अहिले सरकारी बेवास्ताको भुक्तभोगी बनेका छन्।

Advertisement

सडक किनारका फलामका रेलिङ टुटफुट, सर्भिस लेनका निभेका बत्ती र तातो-चिसो पानीका प्रयोगविहीन ट्यांकीहरूजस्ता संरचनाहरू समस्याको पर्याय मात्र बनेका छैनन्, यहाँका पालिकाहरूलाई गिज्याइरहेका पनि छन्।

टुटेका रेलिङ : पैदलयात्री र साना सवारीलाई जोखिम

सबैभन्दा गम्भीर अवस्था सडक किनारका रेलिङहरूको छ। ट्राफिक व्यवस्थापन र सुरक्षाका लागि राखिएका फलामका रेलिङ अहिले भाँचिएका, झुकेका र कतिपय ठाउँमा धारिलो टुक्रा सडकमै फैलिएका छन्।

रातको समयमा यस्ता टुक्राहरूमा ठोक्किने, चिप्लिने वा दुर्घटना हुने जोखिम अत्यधिक छ। स्थानीयवासी प्रदीप थापा भन्छन्, ‘रेलिङ सडकमै छरपस्ट छ, कसैलाई ठक्कर लाग्छ, कोही घाइते हुन्छ तर कसैले वास्ता गर्दैन।’

तातो-चिसो पानीको ट्यांकी : देखावटी संरचनाको अर्को उदाहरण

तिलोत्तमा नगरपालिकाको मुख्य चोकमा रहेको तातो-चिसो पानीको ट्यांकी पनि महिनौंदेखि प्रयोगविहीन अवस्थामा छ। न त त्यहाँबाट पानी आउँछ, न उपकरण नै चलेका छन्।

स्थानीय प्रकाश पाण्डेका अनुसार नगरपालिकाले निर्माण गरेपछि त्यसको मर्मत र सञ्‍चालनप्रति कुनै चासो देखाएको छैन।

बत्तीबिना सर्भिस लेन : अँध्यारोमै यात्रा

सर्भिस लेन र चोक वरिपरि राखिएका विद्युत पोलहरूमध्ये अधिकांशमा बत्ती नै बल्दैनन्। साँझपख पैदलयात्री, साना व्यापारी र सवारी चालकहरू अँध्यारोमा जोखिम मोलेर यात्रा गर्न बाध्य छन्। पाण्डे भन्छन्, ‘बत्ती नहुँदा चोरी-डकैतीदेखि दुर्घटनाको जोखिम बढेको छ।’

स्थानीय आवाज : ‘नयाँ संरचना होइन, मर्मत जरुरी’

स्थानीय कृष्‍णकान्त शर्मा भन्छन्, ‘दुर्घटना भएपछि मात्रै सुरक्षा निकाय आउँछ। तर, समयमै संरचना मर्मत गर्नेतर्फ कसैको ध्यान छैन।’

केदार निरौला थप्छन्, ‘भत्किएको संरचना बनाउँदा शहरको सौन्दर्य त बढ्छ नै, साथसाथै दुर्घटनाबाट पनि बच्‍न सकिन्छ।’

संरक्षणबिना ‘स्मार्ट सिटी’को सपना खोक्रो

टुटेका रेलिङ, निभेका बत्ती र नचल्ने पानी ट्यांकीहरूले सिद्धार्थनगर, ओमसतिया, तिलोत्तमा र बुटवल चारै पालिकाको छवि कुरूप बनाइरहेका छन्। यस्तो अवस्थाले ‘स्मार्ट सिटी’ वा ‘पर्यटनमैत्री शहर’को परिकल्पना कल्पनामै सीमित हुन सक्छ।

‘संरचना संरक्षणलाई शिक्षा र नीति दुवैमा समेट्नुपर्छ’

समाजसेवी बाबुराम भण्डारी भन्छन्, ‘विद्यालयदेखि क्याम्पस तहसम्म सार्वजनिक सम्पत्तिको महत्त्वबारे जनचेतना फैलाउन जरुरी छ।’

निर्माण गर्दा मात्र होइन, मर्मत गर्दा पनि कमाइ गर्ने प्रवृत्तिले गर्दा काममा लापरवाही हुने गरेको उनी बताउँछन्। भन्छन्, ‘काम गर्दा नै मापदण्डअनुसार गुणस्तरीय बनाइनुपर्छ।’

स्थानीय सरकार र सम्बन्धित निकायको समन्वयको खाँचो

तिलोत्तमा नगरपालिका-५ का वडाध्यक्ष रमेश डुम्रे भन्छन्, ‘सार्वजनिक सम्पत्ति संरक्षणको जिम्मेवारी सबैको हो। नीति-निर्माणमा बजेटको व्यवस्था पनि हुनुपर्छ।’

तर, हाल सडक डिभिजन, ट्राफिक प्रहरी, विद्युत प्राधिकरण र पालिकाहरूबीच समन्वयको चरम अभाव देखिन्छ।

ट्राफिक प्रहरी प्राय: भारतीय सवारीसाधनको निगरानीमै व्यस्त देखिन्छन्। तर, संरचनागत जोखिम न्यूनीकरणमा कुनै सचेतना अभियान सञ्‍चालन गरिएको छैन।

सार्वजनिक सम्पत्ति संरक्षण नगरे मर्छ लोकतन्त्रको आत्मा

जनताको पैसाले बनेका संरचना जनताको सुरक्षा र सेवामा नलाग्‍ने हो भने त्यो सरकारको पहिलो जिम्मेवारीको उल्लंघन हो। स्थानीय सरकार, प्राविधिक निकाय र जनप्रतिनिधिहरूले यथाशीघ्र स्थलगत निरीक्षण गरी प्राथमिकताका आधारमा मर्मत अगाडि बढाउनु अपरिहार्य छ।

नत्र भने भविष्‍यमा दुर्घटना, जनआक्रोश र विकासप्रति अविश्‍वास झनै बढ्दै जाने निश्‍चित छ।

शुक्रबार, असार १३, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम
बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने
थाई विद्यालयमा शिक्षिकाको हत्या
परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट
वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण
भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

भर्खरै

  • १.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • २.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ३.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ४.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ५.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

  • ६.
    भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

  • ७.
    सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

  • ८.
    सडक दुर्घटनामा दुईको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.