• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, भदौ २४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

सडक दुर्घटनामा दुईको मृत्यु

काभ्रेका बाढीपीडितको समस्या सरकारी अल्झनमै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ६. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ७. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

बुटवलमा स्वच्छ पिउने पानीको समस्या उस्तै, समाधान कहिले ?


    Avatar photo
बुधबार, असार ०४, २०८२ मा प्रकाशित

बुटवल- बुटवल उपमहानगरपालिका रुपन्देहीको मात्र होइन, लुम्बिनी प्रदेशकै मुख्य शहर हो । यहाँका नागरिक शिक्षित, सचेत र सामाजिक रूपमा सक्रिय छन्। तर, यति महत्त्वपूर्ण शहरका नागरिकलाई अझैसम्म स्वच्छ र सुरक्षित पिउने पानी उपलब्ध गराउन सकिएको छैन।

Advertisement

तिनाउ नदीलाई प्रमुख स्रोत बनाउँदै आएको नेपाल खानेपानी संस्थान  बुटवल शाखाले वर्षौंदेखि बुटवलका विभिन्‍न वडामा पानी आपूर्ति गर्दै आएको छ। तर, तिनाउको पानी प्रशोधन प्रणालीमा कमजोरी रहेको स्थानीय बासिन्दाको गुनासो छ। पानी कहिले धमिलो, कहिले लेदो मिसिएको आउँछ भने कहिलेकाहीं धेरै दिनसम्म पानी नै आउँदैन।

स्थानीय बासिन्दा प्रतापसिंह बस्‍नेत भन्छन्, ‘पानी तान्‍ने ठाउँभन्दा केही माथिबाटै ढल मिसिएको देखिन्छ। त्यसपछि त्यही पानी प्रशोधन गरेर घर-घरमा पुर्‍याइन्छ। यो अवस्था देख्दा स्वच्छता र स्वास्थ्यप्रति कसैको जिम्मेवारी देखिँदैन।’

बुटवल-५ का टेकबहादुर पौडेलका अनुसार कहिलेकाहीं पिएको पानीबाट गन्ध आउने र बालबालिकालाई पेटको समस्या देखिने गरेको छ। ‘विश्‍वास गर्न सक्ने अवस्था छैन, त्यसैले हामी ट्यांकरको पानीमा भर पर्नुपरेको छ,’ उनी भन्छन्।

खानेपानी संस्थानबारे आलोचना भइरहे पनि संस्थानका सहायक प्रबन्धक इन्जिनियर मोहनदत्त भट्ट भने उनीहरूको तर्फबाट सक्दो प्रयास भइरहेको बताउँछन्। ‘हामी तिनाउ नदीबाट पानी तानेर क्लोरिनेसन, फिल्ट्रेसनजस्ता प्रक्रिया अपनाएर वितरण गर्छौं। कतिपय ठाउँमा समस्या पुरानो पाइपलाइनका कारण पनि हुन सक्छ,’ भट्ट भन्छन्।

बुटवल उद्योग वाणिज्य संघका उपाध्यक्ष विमलराज भट्टराईले पनि स्वच्छ पिउने पानीको समस्या बारम्बार उठाउँदै आएका छन्। ‘खानेपानी नागरिकको मौलिक अधिकार हो। तर, यहाँको अवस्था यस्तो छ कि नागरिकले सेवा तिर्दैमा मात्र सन्तुष्‍ट हुनुपरेको छ, सुविधा पाउन सकेका छैनन्,’ भट्टराई भन्छन्।

स्थानीय गुप्तबहादुर केसी पनि सरोकारवाला निकायको चासोको कमीप्रति चिन्तित छन्। भन्छन्, ‘हामीले पटक-पटक ध्यानाकर्षण गराउँदा पनि अहिलेसम्म कुनै ठोस पहल देखिएको छैन।’

यसैबीच, स्वास्थ्यकर्मीहरूले भने दूषित पानी पिउँदा झाडापखाला, टाइफाइड, हैजाजस्ता रोग फैलन सक्ने चेतावनी दिएका छन्। फोहोर पानीजन्य रोगका घटना केही विद्यालय र टोलमा देखिइसकेको छ। तर, त्यसप्रति कसैले चासो दिएका पाइँदैन।

स्थानीय सरकार र खानेपानी संस्थानबीच समन्वयको अभावले गर्दा दीर्घकालीन समाधानका योजना अघि बढ्न सकेका छैनन्। यसअघि तिनाउसँगै झरही र करहिया खोलाबाट वैकल्पिक शुद्ध पानी आपूर्ति गर्ने प्रस्ताव गरिएको थियो। तर, त्यसको प्रगति सुस्त छ।

बुटवलको खचाखच जनसंख्यालाई हेर्दा वर्तमान स्रोत र प्रणाली अपुग देखिन्छ। विशेषज्ञहरू भन्छन्, तत्कालका लागि पानी शुद्धीकरण प्रणालीलाई सुधार गर्दै दीर्घकालीन रूपमा नयाँ स्रोतबाट आपूर्ति गर्नेतर्फ ध्यान दिनु आवश्यक छ।

बुटवलवासीको प्रश्‍न छ- ‘हामीले वर्षौं पर्खियौं, अझै कति समय पर्खिनुपर्ने हो ?’ स्थानीय, प्रदेश र संघीय सरकारबीच समन्वय गरी बुटवलका नागरिकलाई सुरक्षित पिउने पानी उपलब्ध गराउनु अब प्राथमिकताको विषय बन्‍नु आवश्यक देखिन्छ।

बुधबार, असार ०४, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम
बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने
थाई विद्यालयमा शिक्षिकाको हत्या
परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट
वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण
भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

भर्खरै

  • १.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • २.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ३.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ४.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ५.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

  • ६.
    भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

  • ७.
    सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

  • ८.
    सडक दुर्घटनामा दुईको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.