सुर्खेत । जिल्लाको सिम्ता गाउँपािलका ६ बादेमा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यक्रताबीच हानाहान भएको छ । बिहीबार राति दुई पार्टीका कार्यकर्ताबीच हानाहान भएको हो ।
Advertisement
झडपमा सिम्ला गाउँपालिका ५ का कांग्रेसका वडाध्यक्षका उम्मेदवार उपेन्द्र सिंह र उनका समर्थक सुरज सिंह ठकुरी घाइते भएका छन् ।
अवस्था नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड अश्रु ग्यास प्रहार गरेको थियो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार अहिले अवस्था सामान्य रहेको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।