काठमाडौँ । साताको अन्तिम दिन आज सुनको मूल्य तोलामा ६०० रुपैयाँले सस्तो भएको छ । हिजो बिहीबार एकैदिन १४ सय रुपैयाँले बढेको सुनको मूल्य आज घट्दै ९८ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
Advertisement
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुनको मूल्य ९७ हजार पाँच सय रुपैयाँमा कारोबार भएकोछ । यस्तै, आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेको छ ।
बिहीबार तोलामा १५ रुपैयाँले बढेर १३ सय ५ रुपैयाँमा कारोबार भएको चाँदी आज १२ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।