नयाँदिल्ली- गुड ह्याबिट अर्थात् राम्रो आदत। कुरा सामान्य लाग्छ तर त्यसले जीवन नै बदलिदिन्छ।
अधिकांश मानिस राति केही नसोची निन्द्राको शरणमा पर्छन्। आज दिनभर आफूले कति राम्रो काम गरें भनेर समीक्षा कमैले गर्छन्। यदि राति सुत्नुअघि आफ्नो दिनभरको कामको समीक्षा गर्ने हो भने आफ्नो जीवनकै रिडिजाइन गर्न सकिन्छ।
जसले आत्मसमीक्षा गर्छ, ऊ अन्य मानिसको तुलनामा मजबुत हुन्छ। उसको निर्णय सही हुन्छ। र, आफ्नो आदतमाथि नियन्त्रण राख्न सक्षम पनि हुन्छ।
हरेक बितेका दिनले मानिसका लागि केही न केही अनुभव दिएका हुन्छन्। तिनै अनुभवबाट धेरै कुरा सिक्न सकिन्छ। यदि आफ्ना गल्ती सधैं दोहोर्याइयो भने जिन्दगीले प्रगति हासिल गर्न सक्दैन। त्यसैले आत्मसमीक्षाको अर्थ हुन्छ, आफैंलाई बुझ्ने, आफ्नो सोच र आदत र निर्णयमाथि समीक्षा गरेर आगामी यात्रा तय गर्नु।
आत्मसमीक्षाको फाइदा
– गल्तीहरूबाट सिक्ने ताकत प्राप्त हुन्छ
– सोच स्पष्ट हुन्छ
– रिस, चिन्ता र तनावमाथि नियन्त्रण हासिल हुन्छ
– आत्मविश्वास बढ्छ
– निर्णय क्षमता अझ बलियो हुन्छ
– आफ्ना भावनाहरूलाई फिल्टर गर्न सहज हुन्छ
आफैंलाई सोधौं ५ प्रश्न
– के कुनै कुराले मलाई परेशानी दिइरहेको छ ?
– मैले आज के नयाँ कुरा सिकें ?
– के कुनै काम म अझ राम्रोसँग गर्न सक्छु ?
– आज मैले के राम्रो काम गरें ?
– म भोलि के अलग काम गर्न सक्छु ?
आत्मसमीक्षा र ओभर थिंकिङका फरक
– आत्मसमीक्षाले समाधान निकाल्न प्रेरित गर्छ। ओभर थिंकिङले कुनै कुरालाई अल्झाइ मात्र राख्छ।
– आत्मसमीक्षाले मन शान्त बनाउँछ। ओभर थिंकिङले मनमा बेचैनी बढाउँछ।
– आत्मसमीक्षाले के राम्रो गरें भन्नेमा ध्यान केन्द्रित गराउँछ। ओभर थिंकिङले के गलत भयो भन्नेमा ध्यान अड्काउँछ।
– आत्मसमीक्षा केवल केही मिनट मात्र गर्ने हो। ओभर थिंकिङले बिना कारण दिन चलाइरहेको हुन्छ।
– आत्मसमीक्षाले भविष्यमा के राम्रो गर्ने भन्नेमा केन्द्रीकृत गराउँछ। ओभर थिंकिङले कतै गल्ती नहोस् भन्नेमा मात्र अड्काउँछ।