• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, भदौ २६, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

विश्‍व घटना : लिबिया बाढीमा मारिए ११ हजार ३००

राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

एक सय सात पिन्ट रगत सङ्कलन

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ५. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ८. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ९. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

  • १०. पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो

बेलहिया : एउटा शौचालयसम्म नभएको पर्यटकीय नाका !


    Avatar photo
बुधबार, जेठ २२, २०८२ मा प्रकाशित

भैरहवा– नेपालको सबैभन्दा व्यस्त नाका बेलहिया हुँदै देशमा सर्वाधिक विदेशी पर्यटक भित्रिन्छन्। भारतसँगको सिमानामा रहेको यो प्रवेशद्वार मुलुकको प्रमुख पर्यटकीय प्रवेशविन्दु मानिन्छ। तर, यतिबेला यही नाकामा सर्वसाधारण र पर्यटकले सबैभन्दा आधारभूत आवश्यकताको अभाव अर्थात् सार्वजनिक शौचालयको समस्या झेलिरहेका छन्।

Advertisement

बेलहियास्थित अध्यागमन कार्यालयमा शौचालयको कुनै व्यवस्था छैन। सडक विस्तारको क्रममा पुरानो सार्वजनिक शौचालय भत्काइएपछि दुई वर्ष अघिदेखि अत्याधुनिक शौचालय निर्माणको नाममा शुरु गरिएको काम अधुरो छ, जसले यहाँ आउने हजारौं यात्रु र पर्यटकलाई हैरानीमा पारेको छ।

शौचालय निर्माण शुरु, तर अधुरो

२०७८ सालमा राम्रो अवस्थामा रहेको सार्वजनिक शौचालय भत्काएर अत्याधुनिक सुविधा सम्पन्‍न शौचालय निर्माणको घोषणा गरियो। त्यसपछि ४ चैत ०८० मा बेलहिया भन्सार अगाडि ६५ लाख ९ हजार ७७० रुपैयाँको लागतमा शौचालय निर्माणको ठेक्का सम्झौता गरिएको थियो। निर्माण जिम्मा चन्द्रभूषण उपाध्यायको अध्यक्षतामा बनेको ९ सदस्यीय उपभोक्ता समितिलाई दिइयो।

४५.९२ फिट लम्बाइ र १७.८६ फिट चौडाइको सो संरचना १९ असार ०८१ सम्म सम्पन्‍न हुने लक्ष्‍य राखिएको थियो। तर, शिलान्यासपछि केही समयमै काम ठप्प भयो। उपभोक्ता समितिले दुई किस्तामा करिब ३० लाख रुपैयाँ भुक्तानी लिए पनि हालसम्म संरचना अधुरो छ। र, निर्माणस्थल झाडीले ढाकिएको छ।

पूर्वाधारविना स्वागत : पर्यटनमाथि गम्भीर प्रश्‍न

नेपाल प्रवेश गर्ने विदेशीको पहिलो पाइला पर्ने ठाउँ बेलहियामा न विश्राम गृह छ, न व्यवस्थित सडक नै। जताततै खाल्डाखुल्डी परेका सडकले न त सवारी साधनलाई सहज बनाउँछ, न पैदल यात्रुलाई नै। अझ, शौचालयको कुनै व्यवस्था नभएको अवस्थाले बेलहिया नाका समस्याको प्रवेशद्वारजस्तो देखिन्छ।

स्थानीय राजकुमार जैसवाल भन्छन्, ‘सञ्‍चालित शौचालय भत्काएर नयाँ बनाउने नाममा शुरु गरिएको काम वर्षौंसम्म अलपत्र पार्दा पर्यटकलाई ठूलो सास्ती भएको छ।’

बेलहिया गाउँ समाजका पूर्वअध्यक्ष सुरेन्द्रकुमार क्षत्री भन्छन्, ‘मैले अध्यक्ष हुँदाखेरि ६ कोठे सार्वजनिक शौचालय निर्माण गरिएको थियो। पछि त्यसलाई भत्काएर प्रदेश सरकारको ४० लाख बजेटमा नयाँ शौचालय शुरु गरियो। तर, दुई वर्ष बितिसक्दा पनि काम नसकिनु अनियमितताको पराकाष्‍ठा हो।’

अव्यवस्थित संरचना, मौन सरोकारवाला

भारतीय पर्यटक कमरेया आलमले शौचालयको अभाव र अव्यवस्थित अवस्थाका कारण निकै सास्ती बेहोर्नुपरेको बताए। ‘कतै त बन्द छ, कतै फोहोर छ, कतै त छँदै छैन,’ उनले भने। स्थानीय व्यवसायी इरफान वारिसले बेलहियामा खानेपानीको पनि सुविधा नरहेको बताए। उनले भने, ‘न त शौचालयकै व्यवस्था छ। सरकारको चासो नजानु लज्जास्पद छ।’

प्रदेश सरकारबाट निर्माण हुन लागेको यो शौचालयको काम सम्पन्‍न नहुनुमा नगरपालिका पनि समान रूपमा जिम्मेवार रहेको व्यवसायीहरूको गुनासो छ। यता शिलान्यास गरेका तत्कालीन लुम्बिनी प्रदेशका मन्त्री सन्तोष पाण्डे सरकार परिवर्तनका कारण समस्या आएको स्वीकार्छन्। तर, अझै पनि चालु आर्थिक वर्षमै निर्माण सकिने उनको दाबी  छ।

नारा र यथार्थको टकराव

‘पर्यटनबाट समृद्धि’ भन्‍ने नारा अनेक कार्यक्रम र सभामा सुनिन्छ। तर, जब पर्यटक नेपाल भित्रिने मूल नाकामै शौचालयको सुविधा छैन, तब त्यो नारा केवल भाषणमै सीमित देखिन्छ। आधारभूत पूर्वाधारबिना पर्यटनको विकास सम्भव छैन भन्‍ने यथार्थ बेलहियाको अवस्थाले प्रमाणित गरिरहेको छ।

बेलहिया नाका, जसलाई ‘पर्यटनको गेट’ भनिन्छ, यतिबेला आफैं समस्याको प्रवेशद्वारजस्तो बन्दै गएको छ। जबसम्म योजनाको घोषणासँगै जिम्मेवारी, पारदर्शिता र कार्यान्वयनको तत्परता देखिँदैन, तबसम्म पर्यटकीय सपना केवल कागजमै सीमित रहनेछ।

बुधबार, जेठ २२, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

विश्‍व घटना : लिबिया बाढीमा मारिए ११ हजार ३००
राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन
भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति
बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक
फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता
एक सय सात पिन्ट रगत सङ्कलन

भर्खरै

  • १.
    विश्‍व घटना : लिबिया बाढीमा मारिए ११ हजार ३००

  • २.
    राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • ३.
    भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

  • ४.
    बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

  • ५.
    फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

  • ६.
    एक सय सात पिन्ट रगत सङ्कलन

  • ७.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • ८.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.