• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, भदौ २८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

ट्रक दुर्घटनामा चालकको मृत्यु

सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै

मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

राष्‍ट्र संघमा प्रधानमन्त्री : ‘साइड लाइन’ संवादको सम्भावना शून्य, नेपालले उठाउने छ ‘क्लाइमेट जस्टिस’को मुद्दा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : लन्डनमा १ लाखको प्रदर्शन

राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

लोकप्रिय समाचार

  • १. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • २. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ३. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ४. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ५. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ६. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ७. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ८. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ९. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • १०. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

उमेरअनुसार दैनिक कति पानी पिउने ?


    Avatar photo
मङ्गलबार, जेठ १४, २०८२ मा प्रकाशित

नयाँदिल्ली- पानीको कमीका कारण शरीरमा अनेक समस्या आउँछन्। त्यसैले दैनिक जीवनमा पानीको महत्त्व अधिक छ।

Advertisement

खासगरी, गर्मी मौसममा पानीको आवश्यकता बढी हुन्छ। किनकि, चर्को गर्मीमा पसिनाको माध्यमबाट धेरै मात्रामा फ्लुइड्स बाहिर निस्किन्छ। त्यस्तो अवस्थामा पानी कम पिउँदा शरीरमा डिहाइड्रेसन हुन सक्छ।

त्यसबाट उच्च रक्तचाप, रिंगटा लाग्‍ने र बेहोश हुनेजस्ता गम्भीर समस्या निम्तिन्छन्। यो संसारभर देखिने समस्या हो। र, बर्सेनि लाखौं मानिस प्रभावित हुन्छन्।

कम पानी पिउँदा शरीरमा कुनै लक्षण देखिँदैनन्। एक्कासी समस्या आउँछ। त्यसैले नियमित पानी पिउने बानीको विकास गर्नु अत्यावश्यक छ।

शरीरमा पानीका ११ काम

– मानव शरीरको ७० प्रतिशत हिस्सा पानी हुन्छ

– शरीरमा ३७ खर्ब कोशिका हुन्छन् र हरेकमा पानी हुन्छ

– पानी बिना कुनै कोशिकाले काम गर्न सक्दैनन्

– पानी बिना शरीरका कुना-कुनामा रगतले अक्सिजन पुर्‍याउन सक्दैन

– पानीले शरीरको तापमान नियन्त्रणमा राख्‍न मद्दत गर्छ

– पानीले र्‍याल बनाउने र पाचन क्रियालाई दुरुस्त राख्‍ने काम गर्छ

– पानीले कोशिकाहरूको म्युकस मेम्ब्रेनलाई दुरुस्त राख्छ

– पानीले शरीरबाट अनावश्यक वस्तुलाई बाहिर निकाल्न मद्दत गर्छ

– हड्डीहरूको जोर्नीलाई चलायमान राख्‍न पानीकै भूमिका हुन्छ

– पानीले हर्मोन र न्युरोट्रान्समिटर बनाउन मद्दत गर्छ

– मस्तिष्‍क र स्पाइनका हड्डीलाई पानीले चोट लाग्‍नबाट बचाउँछ

मस्तिष्‍कमा ८० देखि ८५, मिर्गौलामा ८० देखि ८५, मुटुमा ७५ देखि ८०, फोक्सोमा ७५ देखि ८०, मांशपेशीमा ७० देखि ७५, कलेजोमा ७० देखि ७५, छालामा ७० देखि ७५, रगतमा ५०, हड्डीहरूमा २० देखि २५ र दाँतमा ८ देखि १० प्रतिशत पानी हुन्छ।

डिहाइड्रेसनबाट बच्‍ने उपाय

– दिनभर थोरै-थोरै पानी पिउँदै गरौं

– प्यास लाग्‍नासाथ पानी पिऊँ, यसलाई नजरअन्दाज नगरौं

– शारीरिक व्यायाम अघि र पछि पानी पिऊँ

– गर्मीयाममा पानी पिउने मात्रा बढाऊँ

– तरबुजा, काँक्रो, लिचीजस्ता पानीबाट भरपुर फलफूल खाने गरौं

– खानामा दही-मही नियमित बनाऊँ। र, नरिवल पानीजस्ता स्वस्थ ड्रिंक्स पिउँदै गरौं।

– वान्ता भयो भने ओरल रिहाइड्रेसन सोलुसन पिऊँ

– चुरोट र मदिरा सेवनबाट टाढै बसौं

– चिया र कफी पिउन कम गरौं

दैनिक १ देखि ३ वर्षका बालबालिकालाई ४, ४ देखि ८ वर्षका बालबालिकालाई ५, ९-१३ वर्षलाई ७ देखि ८, १४ देखि १८ वर्षलाई ८ देखि ११, १९ देखि माथिका पुरुसलाई १३, १९ देखि माथिका महिलालाई ९ तथा गर्भवती र दूध खुवाइरहेका आमाहरूलाई १० देखि १३ गिलास पानी पिउनु अत्यावश्यक छ।

भास्कर डट कमबाट

मङ्गलबार, जेठ १४, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार
मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
ट्रक दुर्घटनामा चालकको मृत्यु
सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व
राष्‍ट्र संघमा प्रधानमन्त्री : ‘साइड लाइन’ संवादको सम्भावना शून्य, नेपालले उठाउने छ ‘क्लाइमेट जस्टिस’को मुद्दा

भर्खरै

  • १.
    जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार

  • २.
    मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

  • ३.
    ट्रक दुर्घटनामा चालकको मृत्यु

  • ४.
    सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै

  • ५.
    मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

  • ६.
    राष्‍ट्र संघमा प्रधानमन्त्री : ‘साइड लाइन’ संवादको सम्भावना शून्य, नेपालले उठाउने छ ‘क्लाइमेट जस्टिस’को मुद्दा

  • ७.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • ८.
    विश्‍व घटना : लन्डनमा १ लाखको प्रदर्शन

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.