• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, भदौ २४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

सडक दुर्घटनामा दुईको मृत्यु

काभ्रेका बाढीपीडितको समस्या सरकारी अल्झनमै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ६. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ७. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

बुटवल उज्यालो अभियान : सस्तो प्रचारबाजी, नियतमाथि प्रश्‍न !


    Avatar photo
आइतबार, जेठ ०५, २०८२ मा प्रकाशित

भैरहवा- बुटवल उपमहानगरपालिकाले ‘उज्यालो बुटवल’ अभियानको नाममा पछिल्लो समय विभिन्‍न स्थानमा हाइमास्ट लाइट जडान तीव्र छ। यसमार्फत सुरक्षासँगै शहरलाई सुव्यवस्थित र राति झिलिमिली बनाउने उद्देश्य छ। त्यसका बावजुद यस अभियानमाथि जनस्तरबाट प्रश्‍न र असन्तुष्‍टि बढ्दो छन्। कारण हो- विकासभन्दा बढी हरेक पोलमा टाँसिएको नगरप्रमुखको नामसहितको ताम्रपत्र।

Advertisement

विश्‍वमा उद्‍घाटन भन्‍ने कुरा प्रायः एकपटक गरिन्छ। बुटवलमा भने हरेक पोल, हरेक लाइट र हरेक चोकमा उद्‍घाटन गरिएको भान हुने गरी प्रचारबाजी भइरहेको छ। यसले सस्तो लोकप्रियता कमाउने होडबाजी भइरहेको जनमानसको धारणा छ।

करोडौं खर्च, दोहोरो काम !

उज्यालो बुटवल कार्यक्रमको पहिलो चरणमा २३ वटा लाइट जडान गर्न करिब ४ करोड रुपैयाँ खर्च गरिएको छ। दोस्रो चरणमा थप २६ वटा हाइमास्ट लाइट जडानका लागि करिब ३ करोड रुपैयाँ विनियोजन गरिएको छ। नगरप्रमुख खेलराज पाण्डेय र उपप्रमुख सावित्रादेवी अर्यालले २३ माघ ०८१ मा ट्राफिक चोकमा दोस्रो चरणको कामको शिलान्यास गरेका थिए।

नगरपालिकाका अनुसार राजमार्ग चौराहा-गोलपार्क-चिडियाखोला सडक विस्तार सम्पन्‍न भएसँगै मुख्य चोकहरूमा हाइमास्ट लाइट जडान गरिँदैछ। योजनाअनुसार काम सम्पन्‍न भएपछि बुटवल उज्यालो र सुरक्षित शहरको रूपमा चिनिने अपेक्षा देखिन्छ।

तर, कतिपय स्थानमा पहिले नै जडान भएका लाइट हटाएर पुनः नयाँ जडान गरिएको, साँघुरो र गाडीसमेत नघुम्‍ने स्थानमा हाइमास्ट लाइट जोडिएको र आवश्यकताभन्दा बाहिर दोहोरो खर्च गरिएको भन्दै आलोचना भइरहेको छ।

सुरक्षा भर्सेस सस्तो लोकप्रियता

होटल व्यवसायी संघ रुपन्देहीका वरिष्‍ठ उपाध्यक्ष माधव खनाल भन्छन्, ‘लाइटको काम राम्रो हो। तर, पोलमा ताम्रपत्र टाँस्‍नु देखावटी प्रवृत्ति हो। नगरपालिकाले विकासभन्दा प्रचारमा ध्यान दिएको देखिन्छ।’

एमाले बुटवल नगर अध्यक्ष शोभाखर पोखरेलको टिप्पणी अझ स्पष्‍ट छ, ‘केही ठाउँमा अन्धकार छ भने कतै गाडीसमेत गाह्रोसाथ घुम्‍ने ठाउँमा हाइमास्ट लाइट राखिएको छ। कमिसनकै लागि काम भएको हो कि भन्‍ने शंका उठ्न थालेको छ।’

दुई वर्षअघि मात्रै जडान गरिएका लाइटहरू अझै काम गरिरहेका थिए। तर, फेरि नयाँ लाइट जडान गर्दै नगरपालिकाले जनताको पसिनाबाट उठेको करको दुरुपयोग गरेको आरोप पनि लाग्‍न थालेको छ।

प्राविधिक त्रुटि र दुर्घटनाको जोखिम

उपभोक्ता हित संरक्षण मञ्‍चका बुटवलका अध्यक्ष समुन्द्र जीसीका अनुसार कतिपय स्थानमा प्राविधिक सल्लाहविनै लाइट जडान गरिएको छ। ‘साँघुरो स्थानमा हाइमास्ट लाइट जडान गर्दा आवतजावतमै अवरोध सिर्जना भएको छ, दुर्घटनाको जोखिम बढेको छ,’ उनी भन्छन्।

यस्तै, रुपन्देही व्यापार संघका पूर्व अध्यक्ष यमलाल लोहनी भन्छन्, ‘संसारमै उद्‍घाटन एकपटक हुन्छ। तर, बुटवलका जनप्रतिनिधिले हरेक पोलमा आफ्नो नाम राखेर जनतालाई पच्‍न नसक्ने काम गरेका छन्।’

बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्याल पनि भन्छन्, ‘लाइटले उज्यालो दिएको राम्रो हो। तर, हरेक पोलमा नाम झुण्ड्याएर राजनीतिक लाभ लिन खोज्नु गलत हो।’

नगरपालिकाको स्पष्‍टीकरण

यता, नगरपालिकाका निर्देशक इन्जिनियर सुमन श्रेष्‍ठ भने आलोचनामा सहमत छैनन्। उनका अनुसार नगरपालिकाले पुराना जटिल प्रविधिका लाइटहरू हटाएर नयाँ प्रविधियुक्त लाइटहरू जडान गरेको हो। ‘मुख्य चोकहरूमा नयाँ प्रविधिका लाइटहरू राखिएका छन्। यदि जनताले असहज महशुस गरे भने पोल सार्न सकिनेछ,’ उनी भन्छन्।

नियतमाथि प्रश्‍न

बुटवल उज्यालो बनाउने अभियानमा लाइट जडान गर्नु सकारात्मक कदम हो। यसले शहरको सौन्दर्य र सुरक्षामा वृद्धि गर्छ भन्‍नेमा दुई मत छैन। तर, सँगसँगै देखिएको अनावश्यक ताम्रपत्र टाँस्‍ने प्रवृत्ति, पुनः दोहोरिएको खर्च र प्राविधिक कमजोरीले जनताको विश्‍वास गुम्‍न सक्छ।

स्थानीय तहले पारदर्शी, प्रभावकारी र दीर्घकालीन दृष्‍टिकोणमा काम गर्नु जरुरी छ। विकास सधैं परिणामले बोल्ने कुरा हो, प्रचारले होइन।

 

आइतबार, जेठ ०५, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम
बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने
थाई विद्यालयमा शिक्षिकाको हत्या
परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट
वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण
भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

भर्खरै

  • १.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • २.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ३.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ४.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ५.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

  • ६.
    भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

  • ७.
    सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

  • ८.
    सडक दुर्घटनामा दुईको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.