• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, भदौ २४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

सडक दुर्घटनामा दुईको मृत्यु

काभ्रेका बाढीपीडितको समस्या सरकारी अल्झनमै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ६. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ७. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

सिद्धबाबा सुरुङ : ‘मृत्यु मार्ग’बाट ‘जीवन पथ’तर्फ !


    Avatar photo
मङ्गलबार, बैशाख ३०, २०८२ मा प्रकाशित

भैरहवा- पाल्पाको तिनाउ गाउँपालिका-३ मा निर्माणाधीन सिद्धबाबा सुरुङ मार्गको काम तीव्र गतिमा छ। बाह्रैमास जोखिमपूर्ण मानिएको सिद्धार्थ राजमार्गको यो खण्ड अब यात्रुका लागि आशाको किरण बनेको छ।

Advertisement

सिद्धार्थ राजमार्ग मुलुकको एक महत्त्वपूर्ण सडक हो, जसले बुटवललाई पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, कास्की हुँदै मुस्ताङसम्म जोड्छ। दैनिक हजारौं सवारी साधन यही सडक भएर आउजाउ गर्छन्। तर, बुटवल-पाल्पा खण्डमा पर्ने सिद्धबाबा क्षेत्र पहिरो, अप्ठ्यारो सडक र तीव्र घुम्तीका कारण ‘मृत्यु मार्ग’कै रूपमा परिचित थियो।

यस ‘मृत्यु मार्ग’लाई ‘जीवन पथ’ बनाउने योजनाअनुरूप सरकारले भिरमा पर्ने दुर्घटनाग्रस्त क्षेत्रलाई छल्न सुरुङ मार्गको अवधारणा ल्याएको हो। सोही अवधारणाअनुसार १.२६ किलोमिटर लामो सिद्धबाबा सुरुङ मार्ग निर्माण थालिएको थियो।

गत ११ माघमा प्रधानमन्त्री केपी ओलीले भर्चुअल माध्यममार्फत ‘ब्रेक थ्रु’ गराएपछि परियोजनामा थप गति आएको छ। सुरुङ छिचोलियो, अब त्यसभित्रको सडक स्तरोन्‍नतिको काम अगाडि बढेको छ। हालसम्म भौतिक ५० र आर्थिक ४१ प्रतिशत प्रगति हासिल भएको निर्माण कम्पनीले जनाएको छ।

चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माणाधीन यस परियोजनाको लागत करिब ७ अर्ब ३४ करोड २७ लाख रुपैयाँ अनुमानित छ। निर्माणको जिम्मेवारी चाइना स्टेट कन्स्ट्रक्सनले लिएको छ।

इन्जिनियर सुशान्त उप्रेती भन्छन्, ‘काम योजनाबद्ध रूपमा अघि बढिरहेको छ। हामी निर्धारित समय अर्थात् सन् २०२७ भित्रै परियोजना सम्पन्‍न गर्ने लक्ष्‍यमा छौं। सुरुङ मार्गमा दुई स्थानमा हेलिप्याडसमेत निर्माणाधीन छन्, जसको उद्देश्य आकस्मिक दुर्घटना भएमा तत्काल उद्धार र सहायता पुर्‍याउनु हो।’

उत्साहित स्थानीयवासी

सुरुङ मार्गमा सवारी साधन गुड्न थालेपछि विशेषगरी पाल्पा, गुल्मी, अर्घाखाँची र स्याङ्जाका बासिन्दाले लाभ उठाउन पाउने छन्। सोही कारण स्थानीय बासिन्दा उत्साहित छन्। बारम्बार पहिरो खस्‍ने र ज्यान जोखिममा पारेर यात्रा गर्नुपर्ने बाध्यताबाट अब उनीहरूले त्राण पाउने छन्।

तिनाउ गाउँपालिका अध्यक्ष प्रेम श्रेष्‍ठ भन्छन्, ‘सुरुङ मार्ग केवल सडक निर्माण होइन, यो हाम्रो जीवन सुरक्षासँग जोडिएको एक ऐतिहासिक पूर्वाधार हो।’

विकासमा नयाँ आशा

सुरुङ मार्गले यात्रा समय, इन्धन खर्च र सवारी मर्मत लागत घटाउनेछ। साथै, पर्यटन प्रबर्द्धनमा पनि योगदान पुग्‍नेछ। खासगरी, पाल्पाको तानसेन र पोखरा घुम्‍न आउने स्वदेशी-विदेशी पर्यटकलाई वैकल्पिक र सुरक्षित बाटो उपलब्ध हुनेछ।

हाल सुरुङ मार्गको स्तरोन्‍नतिमा दर्जनौं स्थानीय कामदार र प्राविधिकहरू संलग्‍न छन्, जसले ग्रामीण क्षेत्रको आर्थिक चहलपहल बढाएको छ।

चुनौती दिगोपनको

भौगोलिक र मौसमी चुनौतीहरू भए पनि सरकार र निर्माण कम्पनीबीचको समन्वयले काम बिना अवरोध अगाडि बढेको छ। सुरुङ मार्ग सञ्‍चालनमा आएपछि यसको नियमित मर्मत, निगरानी, ट्राफिक व्यवस्थापन र आपतकालीन उद्धार तयारीका लागि पनि योजना बनाइँदैछ।

सिद्धबाबा सुरुङ मार्ग अब केवल एक पूर्वाधार परियोजना होइन, यो ‘मृत्यु मार्ग’बाट ’जीवन मार्ग’तर्फको यात्राको प्रतीक हो। निर्धारित समयभित्र सम्पन्‍न भएमा यो नेपालमा सुरुङ प्रविधिको प्रेरणादायी उदाहरण बन्‍नेछ।

—

मङ्गलबार, बैशाख ३०, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम
बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने
थाई विद्यालयमा शिक्षिकाको हत्या
परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट
वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण
भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

भर्खरै

  • १.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • २.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ३.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ४.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ५.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

  • ६.
    भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

  • ७.
    सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

  • ८.
    सडक दुर्घटनामा दुईको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.