• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, भदौ २४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

सडक दुर्घटनामा दुईको मृत्यु

काभ्रेका बाढीपीडितको समस्या सरकारी अल्झनमै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ६. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ७. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

बुद्ध शिक्षा : जीवन र चेतनाको यात्रा !


    Avatar photo
आइतबार, बैशाख २८, २०८२ मा प्रकाशित

भक्तपुर- बुद्ध जयन्ती। सम्झँदा पनि मन आनन्द र श्रद्धाले भरिन्छ। बुद्ध जयन्ती मेरो सबैभन्दा मनपर्ने पर्वमध्ये एक हो। यस दिन मन र मस्तिष्‍क दुवैमा छुटै प्रकारको उमंग छाउँछ। विगत १३ वर्षदेखि मैले बुद्ध जयन्ती विशेष दिनका रूपमा मनाउँदै आएकी छु। र, यो यात्रा जारी छ।

Advertisement

 

०००

 

बुद्ध जयन्ती भन्‍नेबित्तिक्कै मानिसहरूले बुद्ध, बुद्धका शिक्षा र उपदेशहरू बुझ्‍ने गर्छन्। बुद्ध भन्‍नाले जागृत व्यक्ति, बुद्धिमान व्यक्तित्व, सबै लोकको ज्ञाता, सर्वश्रेष्‍ठ प्राणी, सम्पूर्ण लोकको गुरु भन्‍ने बुझिन्छ।

संसारमा अनगिन्ति बुद्धहरूको जन्म भइसकेको छ, भइरहेको छ र यो क्रम भविष्‍यमा पनि जारी रहन्छ। बुद्ध भनेको असल आचरण हो। हामी प्रत्येक मानिसभित्र बुद्धको वास हुन्छ भन्‍ने गहिरो विश्‍वास छ ममा।

 

०००

 

हामी बुद्ध जयन्ती किन मनाउँछौं ? आफैंसँग कुरा गर्दै गर्दा मनमा विभिन्‍न कुरा उत्पन्‍न हुन्छन्।

बुद्ध जयन्तीको विशेष महत्त्व छ। किनभने, बुद्ध पूर्णिमाले तथागत गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण भएको दिनलाई सम्झाउँछ। बुद्ध जयन्ती पर्व मात्र नभई करुणा, मैत्री, सजगता र शान्तिको खोजको प्रेरणादायक स्मरण पनि हो।

 

०००

 

मैले बुद्ध शिक्षा ग्रहण गर्न थालेको कक्षा-३ मा पढ्दादेखि हो। सानो छँदा मलाई आमाले विहारमा ५ दिनका लागि ऋषिणी प्रव्रज्यामा लैजानुभएको थियो। ऋषिणी प्रव्रज्यामा विहारमा बस्‍नु हुने गुरुमाहरूले हामीलाई विभिन्‍न बुद्धका उपदेश कथामार्फत बुझाउनु हुन्थ्यो। ध्यान र अनुशासन सिकाउनु हुन्थ्यो।

त्यो समयमा म सँगसँगै ऋषिणी बन्‍ने केटीहरू करिब २१ जना थिए। ऋषिणी भएको अन्तिम दिनमा गुरुमाले हामीलाई हरेक शनिबार बिदाको दिनमा विहारमा आउनु है भनी सम्झाउनुभएको मलाई अहिले पनि स्मरण छ। त्यस बखत मलाई विहारमा फेरि-फेरि आइरहन पाऊँ भन्‍ने नै लागिरहेको थियो।

ऋषिणी प्रव्रज्या कार्यक्रम सकिएको १ सातापछि नै म र मेरा साथीहरू विहारमा गयौं। त्यहाँ पुग्दा म अचम्ममा परें। त्यहाँ मजस्तै केटाकेटीहरू थुप्रै आइरहेका थिए। र, गुरुमाले बालबच्चाहरूलाई किताबबाट कथा सुनाइरहनुभएको थियो। म र मेरा साथीहरू पनि खाली ठाउँतिर टुसुक्क बस्यौं। र, गुरुमाले भनेका कुराहरू सुनिरहेयौं। गुरुमा हामी आएको देखेर एकदम खुशी देखिनुहुन्थ्यो। र, हामी पनि उत्तिक्कै खुशी थियौं। हामी विहार गएको केही सातापछि नै बुद्ध जयन्तीमा आउनु है भनी गुरुमाले निमन्त्रणा दिनुभयो। हामी खुशी हुँदै घर फर्कियौं।

 

०००

 

त्यतिबेला बुद्ध जयन्तीमा थुप्रै मानिस विहारमा आएका थिए। त्यसबखत मलाई यो दिन किन र कसरी मनाइन्छ, यस दिनको विशेषता के हो भन्‍नेमा केही चासो थिएन। मलाई केवल मेरा साथी र रमाइलोसँग सरोकार थियो। अहिले सम्झिँदा पनि अचम्म लाग्छ। म कस्तो मान्छेबाट कस्तो भएँ ? जीवनको यो यात्रामा हामीले सोचेभन्दा पनि बेग्लै हुन जान्छ। भविष्‍यमा के हुन्छ हामीले सोच्नै सक्दैनौं !

यत्तिकै रमाइलोका लागि विहारमा गएकी म आज विहारका हरेक क्रियाकलापमा सहभागी भइरहेकी छु। कहिलेकाहीं त यस्तो लाग्छ, शायद मैले जीवनमा केही राम्रो काम गरेर नै मैले बुद्धका शिक्षा सिक्न, बुझ्‍न र अनुभव गर्न पाएकी छु।

सानो छँदाको बुद्ध जयन्ती

सानो छँदा म धेरै खेल्नुपर्ने मान्छे थिए। जहाँ जाँदा पनि साथीहरूसँग समूह बनाएर जान्थें। कहींकतै कार्यक्रम भइरहेको छ भने पनि साथीहरू सबै बटुलेर हेर्न जाने गर्थें। र, हामी धेरै घुम्‍न जानेमध्ये एक ठाउँ नगदेश बुद्ध विहार हो। अरू बेलामा गए पनि या नगए पनि साथीहरू सबै बुद्ध जयन्तीको दिन भने अवश्य पनि आउने गर्थे। यस दिनमा विहारमा मिठो भोजनहरूको व्यवस्था हुन्थ्यो। र, हामी सबैजना पहिले भोजन गर्न जान्थ्यौं। र, थपी-थपी मिठो मानेर खान्थ्यौं।

त्यसपछि बुद्धको मूर्ति रथमा राखेर नगर परिक्रमा गरिन्थ्यो। परिक्रमा गर्ने बेला नभएसम्म साथीहरू मिलेर खेलिरहन्थ्यौं। परिक्रमा गर्ने समय भएपछि हामीले घरबाट ल्याएका चामल र फूलहरू पूजाको थालीमा राखी हामी पनि अरू मानिसझैं लाइन लागेर र्‍यालीमा सहभागी हुन्थ्यौं। सानो छँदा र्‍याली जान सबैभन्दा रमाइलो लाग्थ्यो। सबै साथी मिलेर यसरी सँगै र्‍यालीमा गएको मिठो सम्झना आज पनि मनमा ताजा छ। र, सधैं रहिरहन्छ।

अहिलेको बुद्ध जयन्ती

अहिले म आफूलाई अरूभन्दा भिन्‍नै भएको महशुस गर्छु। र, अरूभन्दा फरक हुनुपर्छ भन्‍ने धारणा पनि राख्छु।। कक्षा-३ पढ्दादेखि मैले बुद्ध शिक्षामा आफ्ना पाइला अघि बढाएको म अहिले स्‍नातक तह तेस्रो वर्षमा अध्ययनरत छु। जीवनको यो यात्रामा मैले बुद्ध शिक्षालाई राम्रैसँग सिक्न, बुझ्‍न र अनुभव गर्न पाएकामा आफूलाइै धेरै भाग्यमानी ठान्छु।

विहारमा सिकाउने बुद्ध शिक्षालाई परियत्ति शिक्षा भनिन्छ भन्‍ने विहारमा पढ्न जाने क्रममा मलाई ज्ञात भयो। त्यसरी नै परियत्ति शिक्षा लिँदै गर्दा मैले बुद्धको जीवनी विस्तृत रूपमा अध्ययन गरें। विभिन्‍न शंका-उपशंका हटाउन उदाहरणसहितका कथाहरू पढें। विहारमा भन्ते गुरुमाहरूले दिनुभएका उपदेशहरू राम्रोसँग सुनें। सुनेका चिजहरूलाई आफ्नो जीवनमा पनि उतार्ने प्रयास अहिले पनि जारी छ। र, रहिरहन्छ भन्‍ने मेरो विश्‍वास छ।

बुद्धका शिक्षामा सबै भन्दा पहिले सिकेका कुरा

(१) हिंसा नगर्नु
(२) चोरी नगर्नु
(३)व्यभिचार नगर्नु
(४) झुटो नबोल्नु
(५) जाँड रक्सीको सेवन नगर्नु

जीवनमा हामीले यी कुराहरूलाई मात्र आत्मसात गरी पालना गरिरह्यौं भने हाम्रो जीवनमा नराम्रो नहुने गुरुमाले बताउनुहुन्थ्यो।

 

०००

 

अहिले म विहारमा आउने गरेका बालबालिकाहरूलाई म आफैं परियत्ति शिक्षा दिने गर्छु। मैले आफू पनि पढ्दै र अरूलाई पनि पढाउँदै गर्दा मनमा राम्रो महशुस हुन्छ। लाग्छ, परियत्ति शिक्षाले मलाई एउटा राम्रो मार्ग देखाएको छ, जुन मार्गबाट मैले संसारलाई नियाल्न सक्छु। जब म बालबालिकाहरूलाई पढाउँछु, मलाई मेरो बाल्यावस्थाको सम्झना आउँछ।

विहारमा उपस्थित गुरुमाहरूसँग सहकार्य गरेर हामीले वनभोजमा गई धेरै रमाइलो गरेका छौं। हरेक कार्यक्रममा विहारका ठूलाबडा र गुरुमा सबै मिलेर कार्यक्रमहरू सफल बनाउँदै आएका छौं। यस्तै, बुद्ध जयन्तीमा पनि परियत्तिका विद्यार्थीहरूलाई समेटेर हामी विहारका काममा सघाउँछौं। हामी अहिले विहारमा स्वयंमसेवकको रूपमा कार्यरत छौं। र, बुद्ध जयन्तीको दिनमा हामी सबैलाई सहृदय सेवा गर्छौं।

मैले विहारमा ज्ञानका कुराहरू सिक्ने मौका पाएकामा म आफूलाई भाग्यमानी ठान्छु। बुद्धका शिक्षाहरूले मेरो आचरणमा राम्रो परिवर्तन ल्याएको छ। अझै पनि जीवनमा यी ज्ञान हुँदाहुँदै पनि आफूले नबुझेको हो कि जस्तो पनि महशुस हुन्छ। त्यसकारण, यसलाई म निरन्तर प्रयास गरी नै रहन्छु।

 

०००

 

बुद्धका शिक्षाले मलाई जीवनको धेरै पाटामा सोच्न बाध्य बनाएको छ। अहिंसा, कर्म, दान, पुण्यजस्ता शब्दहरू शायद मैले विद्यालयमा पढें होला। तर, यसको सही अर्थ र सत्य मैले विहारमा बुद्ध शिक्षामार्फत पाएँ। र, ती शब्दहरू साँच्चै अर्थपूर्ण बन्‍न थाले, जब मैले जीवनमा कठिनाइहरू भोग्‍न थालें।

बुद्ध पूर्णिमा केवल पूजा र चाड मात्र नभएर मेरा लागि नयाँ शुरुवातको दिन हो। जहाँ म आफैंलाई प्रश्‍न गर्छु- के मैले मेरा लोभ, क्रोध र मोह कम गर्न सकेको छु ? के म जेजस्तो परिस्थिति आइपरे पनि समतामा बसी त्यसको समाधान गर्न सकिरहेकी छु ? के म बुद्धका विचारजस्तै करुणा, क्षमा र विवेकलाई दैनिक जीवनमा अभ्यास गरिरहेकी छु ?

हामीले बुद्धको उपदेश केवल मूर्तिमा सीमित गर्ने हो भने त्यो केवल परम्परा हुन्छ। तर, ती उपदेशलाई हरेक व्यवहार र निर्णयमा आत्मसात गर्ने हो भने त्यो परिवर्तनको शुरुवात हो। त्यसबाट व्यक्ति र समाज दुवैको भलो हुन्छ।

यस अर्थमा बुद्ध जयन्ती हरेक वर्ष आउने चाड मात्र होइन, आत्म सुधार र चेतनाको यात्रा हो, जहाँ हामी आफूमा सुधार ल्याउन अघि बढिरहेका हुन्छौं।

 

आइतबार, बैशाख २८, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम
बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने
थाई विद्यालयमा शिक्षिकाको हत्या
परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट
वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण
भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

भर्खरै

  • १.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • २.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ३.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ४.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ५.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

  • ६.
    भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

  • ७.
    सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

  • ८.
    सडक दुर्घटनामा दुईको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.