• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, भदौ २६, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

विश्‍व घटना : लिबिया बाढीमा मारिए ११ हजार ३००

राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

एक सय सात पिन्ट रगत सङ्कलन

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ५. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ८. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ९. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

  • १०. पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो

लुम्बिनी आउने पर्यटकलाई ‘कवाड शहर’को स्वागत !


    Avatar photo
बिहिबार, बैशाख १८, २०८२ मा प्रकाशित

भैरहवा- कल्पना गर्नुहोस्, तपाईं हजारौं माइल पार गर्दै गौतमबुद्ध अन्तर्राष्‍ट्रीय विमानस्थल ओर्लिनुहुन्छ। बुद्ध जन्मस्थलको नजिकैको यो भव्य विमानस्थलले तपाईंलाई नेपालका पर्यटनसम्बन्धी सपनाहरू देखाउँछ।

Advertisement

तर, विमानस्थलबाट शहर प्रवेश गर्नेबित्तिकै तपाईंको दृष्‍टिमा एक हराभरा, सफा र आकर्षक सडक होइन, फोहोर, अव्यवस्थित र धुलाम्य बाटोले स्वागत गर्छ।

यो बाटो हो- लुम्बिनी रोड, जो आज ‘कवाड सडक’को परिचायक बनिसकेको छ।

चार दशकको सपना र चार वर्षको बिडम्बना

४५ अर्ब रुपैयाँ लगानी गरिएको विमानस्थल र त्यससँग जोडिएको लुम्बिनी रोडको सौन्दर्यकरणको कल्पना सरकारी दस्तावेजमै सीमित छ।

बुद्धचोकदेखि विमानस्थलसम्मको करिब तीन किलोमिटर सडक अहिले भैरहवाको सबैभन्दा फोहोर, अव्यवस्थित र पर्यटकविरोधी क्षेत्रको रूपमा चिनिन्छ।

सडकको दायाँ-बायाँ बनाइएका फलामे रेलिङहरू कतै भाँचिएका छन्, कतै टेढा भएका छन्। सडक छेउछाउमा अनगिन्ती ग्यारेज, कवाड संकलन केन्द्र, गिट्टी-ढुंगाका सप्लायर्स पसलहरूले सडकलाई औद्योगिक फोहोरी बजारजस्तै बनाएका छन्।

लुम्बिनी पर्यटन परिषद्का सदस्य राजेश महतरा निराश हुँदै भन्छन्, ‘सडक त पर्यटनको मेरुदण्ड हो। तर, यहाँ त त्यसको अपमान भएको छ। लुम्बिनी रोड हेर्ने जोकोहीले सोच्छ- कस्तो मुलुक, कस्तो व्यवस्थापन !’

अव्यवस्थित व्यापारको सञ्‍जाल

लुम्बिनी रोड केवल यात्रा मार्ग मात्र नभई, अब एक किसिमको खुला उद्योग क्षेत्रजस्तै बनिसकेको छ।

यहाँ अल समा सप्लायर्स, रिद्धिसिद्धि सप्लायर्स, यादव सप्लायर्स, गीता सप्लायर्स, जेएस सप्लायर्सलगायत करिब एक दर्जन सप्लायर्सले ढुंगा, गिट्टी, बालुवाको कारोबार गरिरहेका छन्।

यी सप्लायर्सबाट निस्कने ट्रक, हाइभा, टिपर र ट्र्याक्टरहरू खुलेआम सामग्री नढाकी यात्रामा निस्कन्छन्, बाटोभरि गिट्टी र बालुवा पोखिन्छ।

धुलोको मुस्लोले सडक नदेखिने अवस्था हुन्छ। सरोकारवाला चुपचाप हेरेको हेर्‍यै।

अर्कोतर्फ, सडकसँगै खुलेका मोटर ग्यारेजहरू, फोहोर पोखिने मोबिल र कवाड संकलन केन्द्रहरूले लुम्बिनी डिकको सौन्दर्यमा झन् कालो धब्बा थपेका छन्।

स्थानीय पर्यटन व्यवसायी राम थापा भन्छन्, ‘पर्यटक आउँदा लाज हुन्छ। हामीले प्रमोसन गर्ने कति प्रयास गरे पनि सडक देखाएर टाउको निहुराउनु पर्छ।’

विवादित ‘अटो भिलेज’ योजना र अलपत्र व्यवसायी

लुम्बिनी रोडको यो अव्यवस्था हटाउन ०७० सालतिर सिद्धार्थनगर नगरपालिकाले एउटा महत्त्वाकांक्षी योजना अघि सारेको थियो- ‘अटो भिलेज’। त्यसअन्तर्गत, सबै ग्यारेज, सप्लायर्स र यस्ता कारोबारहरू एक ठाउँमा व्यवस्थापन गरिने सपना देखाइएको थियो।

नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत टीकादत्त राईको पहलमा अटो भिलेजका लागि गोनहियामा जग्गा पनि खरिद गरिएको थियो।

व्यवसायीहरू पनि नगरपालिकाको आग्रहमा जग्गा खरिद गर्दै अटो भिलेज सरे। संरचना निर्माण भए, ढोकाबाट बाजागाजासहित उदघाटन गरियो। तर, सपना त्यहीं अधुरो रह्यो।

व्यवसायी राजेश धवल भन्छन्, ‘हामीले विश्‍वास गरेर गयौं। तर, स्थानीय सरकार फेरिँदा-फेरिँदा अटो भिलेज भुलियो। न सडक बन्यो, न पुल। हाम्रो लगानी मरुभूमिमा पानीजस्तै भयो।’

आज अटोभिलेजमा गिन्तीका केही व्यापार मात्र सञ्‍चालनमा छन्- लुम्बिनी इन्जिनियरिङ र चौधरी डिजल्सजस्ता। बाँकी धेरै व्यवसायी पुनः लुम्बिनी रोडमै फर्किएर व्यापार गरिरहेका छन्।

केही प्रयास, धेरै उदासिनता

सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खान भन्छन्, ‘अटोभिलेजमा जाने सडक र पुल नभएका कारण समस्या भयो। तर, हामीले अटो व्यवसायीहरूको सूची तयार गरिसकेका छौं। केही महिनाभित्रै ग्यारेजहरू सार्ने तयारी छ।’

तर, स्थानीय बासिन्दा आशावादी छैनन्। उनीहरू भन्छन्- सरोकारवाला निकायले विगत एक दशकमा थुप्रै योजना बनायो तर कार्यान्वयन कहिल्यै भएन।

नगरपालिकाका कर्मचारीहरू बेला-बेला अनुगमनमा त्यहाँ पुग्छन्, रिपोर्ट लेख्छन् तर समस्या जस्ताको तस्तै।

सप्लायर्स सञ्‍चालक मोहमद हसिन भन्छन्, ‘हामी कर तिर्छौं। नगरपालिकाले केही पनि निषेध गरेको छैन। यदि सार्नुपर्छ भने सबैलाई सार्नुपर्छ। सबैले मिलेर कदम चाल्नुपर्छ।’

पर्यटनको प्रवेशद्वार वा असफलताको प्रतीक ?

भैरहवा नेपालको तेस्रो अन्तर्राष्‍ट्रीय विमानस्थल भएको शहर हो। यसबाट देशले लुम्बिनी क्षेत्रलाई विश्‍व पर्यटनको केन्द्र बनाउने ठूलो आशा गरेको छ।

तर, विमानस्थलबाट सीधा देखिने लुम्बिनी रोडको यो दयनीय अवस्था नेपाली पर्यटन व्यवस्थापनको सशक्त आलोचनाको केन्द्र बनेको छ।

विदेशी पर्यटकहरू विमानस्थलबाट निस्किनेबित्तिकै एउटा अराजक, अव्यवस्थित, धुलो र फोहोर सडक देख्छन्। पहिलो छाप नै खराब भएपछि लुम्बिनीको अदभूत महिमा र आन्तरिक सौन्दर्यप्रति उनीहरूको धारणा सुधार्न कति कठिन पर्छ होला?

 

बिहिबार, बैशाख १८, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

विश्‍व घटना : लिबिया बाढीमा मारिए ११ हजार ३००
राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन
भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति
बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक
फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता
एक सय सात पिन्ट रगत सङ्कलन

भर्खरै

  • १.
    विश्‍व घटना : लिबिया बाढीमा मारिए ११ हजार ३००

  • २.
    राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • ३.
    भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

  • ४.
    बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

  • ५.
    फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

  • ६.
    एक सय सात पिन्ट रगत सङ्कलन

  • ७.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • ८.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.