• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, भदौ २८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै

मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

राष्‍ट्र संघमा प्रधानमन्त्री : ‘साइड लाइन’ संवादको सम्भावना शून्य, नेपालले उठाउने छ ‘क्लाइमेट जस्टिस’को मुद्दा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : लन्डनमा १ लाखको प्रदर्शन

राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ

विपद्मा काभ्रे : जोखिम पहिचान, पूर्वसूचना, सुरक्षित निर्माण र पूर्वतयारीलाई प्राथमिकता

चिलीको वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु

लोकप्रिय समाचार

  • १. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • २. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ३. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ४. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ५. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ६. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ७. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ८. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ९. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • १०. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

कतै तपाईंलाई हाइपरटेन्सनको लक्षण त छैन ?


    Avatar photo
बुधबार, बैशाख १७, २०८२ मा प्रकाशित

नयाँदिल्ली- हाइपरटेन्सन अर्थात् उच्च रक्तचाप। विश्‍व स्वास्थ्य संगठन (डब्लूएचओ)का अनुसार हरेक ३ मा १ वयस्कमा यो समस्या हुन्छ।

Advertisement

तर, उच्च रक्तचापको समस्या भएका ९० प्रतिशतलाई त्यसको जानकारी हुँदैन। सन् २००५ मा वर्ल्ड हाइपरटेन्सन लिगले विश्‍वव्यापी जागरण अभियान थालेको थियो। बर्सेनि १७ मेमा वर्ल्ड हाइपरटेन्सन दिवस मनाइन्छ।

विश्‍व स्वास्थ्य संगठनका अनुसार मुटु रोगीहरूको मृत्युको प्रमुख कारण उच्च रक्तचाप हो। संसारभर उच्च रक्तचापबाट पीडित आधा जनसंख्यालाई त्यसको जानकारी नभएको डब्लूएचओको भनाइ छ।

उक्त रक्तचापको अर्थ हो रक्तचाप बढ्नु। रक्तनलीमा रगत प्रवाह १४०-९० एमएमएचजीभन्दा बढी हुनुलाई उच्च रक्तचाप भनिन्छ। लामो समय यसको उपचार भएन भने गम्भीर अवस्था निम्त्याउँछ। त्यसैले बेला-बेलामा रक्तचाप मापन गरिरहन चिकित्सकहरूले सुझाउँदै आएका छन्।

रक्तचापलाई दुई नम्बरका रूपमा लेखिन्छ। पहिलो- सिस्टोलिक नम्बर, जसले मुटुको धडकनका दौरान रक्तनलीमा पर्ने दबाबलाई बताउँछ। दोस्रो- डायस्टोलिक नम्बरले मुटुको धडकनका क्रममा धमनीहरूका बीच पर्ने दबाबलाई बताउँछ। १२०-८० एमएमएचजी नर्मल रक्तचाप मानिन्छ। त्यसभन्दा बढ्यो भने उच्च रक्तचाप शुरु हुन्छ।

उच्च रक्तचापका अनेक लक्षण हुन्छन्, जो कुनै अरू बिमारीजस्तो देखिँदैन। धेरै वर्षसम्म पनि यसको लक्षण प्रकट हुँदैन। जबसम्म शरीरको कुनै अंग ड्यामेज हुँदैन, त्यतिन्जेल लक्षण नदेखिन सक्छ। त्यसैले उच्च रक्तचापलाई साइलेन्ट किलर उपनाम दिइएको छ।

अत्यधिक तनाव, घबराहटजस्ता समस्या पनि उच्च रक्तचापका लक्षण हुन्। उच्च रक्तचाप नियन्त्रण भएन भने स्ट्रोक, हृदयाघातजस्ता गम्भीर समस्यालाई यसले बढोत्तरी गराउँछ।

बढ्दो उमेर र वंशाणुगत कारणले पनि उच्च रक्तचाप देखिन्छ। बढी नूनयुक्त खाना खानु, शारीरिक निश्क्रियता, अधिक मदिरा सेवन पनि यसका कारक हुन्।

उच्च रक्तचाप नियन्त्रणका लागि चिकित्सकको सिफारिसमा औषधि खानु आवश्यक हुन्छ। चिकित्सकहरूले उच्च रक्तचापका बिरामीमा अन्य कुनै रोग छ कि छैन भनेर पनि हेर्छन्। सोहीअनुसार उपचार अगाडि बढाउँछन्।

उच्च रक्तचापबाट बच्ने एक मात्र उपाय जीवन शैलीमा परिवर्तन हो। स्वस्थ आहार, चुरोटको लत छाड्नु र ज्यादा सक्रिय रहनु यसका केही विधि हुन्। शारीरिक व्यायाम, मेडिटेसनबाट पनि यसलाई नियन्त्रणमा राख्‍न सकिन्छ।

क्याफेइनले रक्तचाप बढाउँछ। त्यसैले चिया-कफीको सेवन कम गर्नु अत्यावश्यक छ। धुम्रपान र मध्यपानबाट टाढा रहनु पनि यसलाई नियन्त्रणमा राख्‍ने अर्को उपाय हो।

 

बुधबार, बैशाख १७, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व
राष्‍ट्र संघमा प्रधानमन्त्री : ‘साइड लाइन’ संवादको सम्भावना शून्य, नेपालले उठाउने छ ‘क्लाइमेट जस्टिस’को मुद्दा
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : लन्डनमा १ लाखको प्रदर्शन
राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

भर्खरै

  • १.
    सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै

  • २.
    मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

  • ३.
    राष्‍ट्र संघमा प्रधानमन्त्री : ‘साइड लाइन’ संवादको सम्भावना शून्य, नेपालले उठाउने छ ‘क्लाइमेट जस्टिस’को मुद्दा

  • ४.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • ५.
    विश्‍व घटना : लन्डनमा १ लाखको प्रदर्शन

  • ६.
    राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

  • ७.
    बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ

  • ८.
    विपद्मा काभ्रे : जोखिम पहिचान, पूर्वसूचना, सुरक्षित निर्माण र पूर्वतयारीलाई प्राथमिकता

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.