काठमाडौं- नेपाल प्रहरीका एआईजीद्वय विश्वराज पोखरेल र सहकुल थापा सर्वोच्च अदालत पुगेका छन्।
Advertisement
वरिष्ठता मिचेर १६ महिना जुनियरलाई आईजीपी बनाउने सरकारको निर्णय खारेजी माग गर्दै उनीहरू रिट लिएर सर्वोच्च पुगेका हुन्।
सरकारले नेपाल प्रहरीको प्रमुखमा धीरजप्रताप सिंहलाई नियुक्त गरेको थियो। आईजीपीको दौडमा सिंहसँगै पोखरेल, थापा र रवीन्द्र धानुक गरी चारजना थिए।
सरकारले वरिष्ठता मिचेर कनिष्टलाई नियुक्ति गरेको भन्दै पोखरेल र थापा सर्वोच्चमा पुगेका हुन्।